अहिले बलिउडमा निकै चर्चा कमाइरहेकी सन्नि कुनै समय एक बेकरीमा काम गर्थिन् ।
नयाँ पिँढीका कलाकारका लागि एक आइडल बनेको रजनीकान्त फिल्म उऋोगमा छिर्नुभन्दा पहिले बसको कन्डक्टर थिए ।
पछिल्लो समयमा निकै चर्चामा रहेकी अभिनेतृ ज्याकलिन टीभी रिपोर्टर थिइन् ।
तनु वेड्स मनु, ३ इडियट्स जस्ता ब्लकबस्टर्स फिल्ममा काम गरिसकेका अभिनेता आर माधवन बलिउडमा प्रवेश गर्नुभन्दा पहिले कम्युनिकेसन र पब्लिक स्पिकिङसम्बन्धि एउटा सानो बिजनेस सञ्चालन गर्दथे ।
बलिउड फिल्मको हास्यपात्र भन्नेबित्तीकै सबैको दिमागमा छाउने जोनी लिभर कुनै समय सडकमा कलम बेच्दै हिँड्थे ।
लुक्स र बडीकै कारण चर्चामा रहेका जोनले मिडिया प्लानर भएर काम गरेका थिए ।
बिशेषतः हास्य भूमिकामा नै देखा पर्ने बमन इरानीले वेटर तथा रुम सर्भिस स्टाफको रुपमा काम गरेका थिए ।
बलिउडका चर्चिच हस्ती अर्सद बार्सीले डोर टु डोर कस्मेटिक सेल्सम्यानको काम गरेका थिए ।
बलिउडका चर्चित एक्सन अभिनेतामध्येका एक अक्ष कुमार ब्याङककमा सेफ अथवा वेटरको काम गर्थे ।
प्रतिक्रिया