सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ले हराउँदै नेपाल फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७२, शुक्रबार ०६:२४

u16-500x250काठमाडौं । पहिलो साफ यु–१९ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एन्फा मैदान सातदोबाटोमा भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ३–२ले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले फाइनलमा भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेलको विजेतासँग खेल्ने छ । नेपालका लागि ३४औं मिनेटमा पहिलो र ३९औं मिनेटमा दोस्रो गोल अञ्जन विष्टले गरेका थिए ।

दोस्रो गोल विष्टले पेनाल्टीमार्फत गरेका हुन् । तेस्रो गोल सुनिल बलले ५२ औं मिनेटमा गरे ।

अफगानिस्तानका मेदी रेजाइले ७२औं मिनेटमा गोल गरेका थिए । दोस्रो सेमिफाइनलमाा दिउँसो ३ बजे भारत र बंगलादेशबीच खेल हुने छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१