अफगानिस्तानलाई हराउँदै नेपाल साफ च्याम्पियन्सिपको फाइनलमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार १४:३४

काठमाडौँ । अफगानिस्तानलाई पराजित गर्दै नेपाल यू(१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दिउँसो सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा अफगानिस्तानविरुद्ध ३–२ को नतिजा निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो ।खेलमा नेपालले ३४ औं मिनेटमा अग्रता लिएको थियो । सुनिल बलको कर्नरमा अन्जन विष्टले हेड गोल गरे ।
दुई मिनेट लगतै अन्जनले पेनाल्टीमार्फत दोस्रो गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनले पहिलो पटक बल प्रहार गर्दा अन्य खेलाडी अघि बढेको भन्दै रेफ्रीले फेरि पेनाल्टी हान्न लगाएका थिए ।पहिलो हाफ २(० मा सकिएको अवस्थामा नेपालले दोस्रो हाफको शुरुवातमै गोल खान पुग्यो।

डिबक्सबाट बल क्लियर गर्ने क्रममा अफगानिस्तानका लागि खेलको ५० औं मिनेटमा अनन्त तामाङले आत्मघाती गोल उपहार दिए। सुनिल बलले उत्कृष्ट फ्रि किक गोल गर्दै नेपाललाई ३(१ को अग्रता दिलाएका छन् ।खेलको ७२ औं मिनेटमा नेपालको कम्जोर डिफेन्सको फाइदा उठाउँदै अफगानिस्तानले गोल गर्दै खेललाई ३(२ को अवस्थामा ल्यायो। यतिखेर अफगानिस्तानका मेहदी रिज्याइ गोल गर्न सफल भए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१