काठमाडौं ,२२ जेठ । तीनकुने शान्तिनगरमा व्यवसायीक अल्टिमेट इन्डोर क्रिकेट हल सञ्चालनमा आएको छ । अल्टिमेट इन्डोर्स प्रालीले बनाएको हलको बिहीबार राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले उद्घाटन गरेका छन् ।
सुदीपमणि नेपाल, सन्देश बराल र अर्जुन पाण्डेसहितको १० जना युवाहरूको समूहले निर्माण गरेका ९१ फिट लम्वाइ र ४० चौडाइको हलमा वर्षाको समयमा मात्र नभइ राति पनि अभ्यास गर्न सकिनेछ । करिब ५० लाखको लागतमा निर्माण भएको यो हलमा दुर्इ बटा नेट प्राक्टिसको व्यवस्था छ भने टिम बनाएर पनि खेल्न सकिनेछ ।
सुदीपमणि नेपालका अनुसार आइतबारदेखि शुक्रबारसम्म विहान ७ बजेदेखि साँझ ६ बजेको अफ आवरमा प्रितघन्टा १५०० तथा साँझ ६ बजेदेखि ८ बजे र शनिबार पिक आवरमा प्रितघन्टा २००० शुल्क तोकिएको छ ।
साभार – onlinekhabar
प्रतिक्रिया