नायिका नम्रता श्रेष्ठ र बिबेकसिहंको नयाँ जोडी.. हेर्नुहोस (भिडियो सहित) …

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७२, बिहीबार १०:०२

काठमाडौं । नम्रता श्रेष्ठ धेरै दर्शकको रोजाइमा पर्ने नायिक हुन । उनीसँग चलचित्र वा म्यूजिक भिडियोमा अभिनय गर्न पाउने अन्य कलाकारलाई त्यसै पनि गर्व लाग्छ । मोडल विवेकसिंह ठकुरीले नम्रतालाई मायालु ठानेर गरिएको एउटा अभिनय साँच्चै गर्व गर्न लायक बनेको छ ।

‘स्लो मोसन’मा तयार भएको एउटा गीतको म्यूजिक भिडियो रोमाञ्चक बनेको छ । गायक सन्तोष लामाले स्वर भरेको ‘मायालु मुहार तिम्रो’ बोलको गीतमा नम्रता र विवेकसिहं सुहाएका जोडी बनेर देखिएका छन ।

किर्तिपुर, सिनामंगल, कोटेश्वर लगायतका स्थानमा सुटिङ गरिएको भिडियोलाई सुरज श्रेष्ठले निर्देशन गरेका छन । बर्षमा सिमित भिडियोको निर्देशन गर्ने श्रेष्ठले नम्रता र विवेकसिहंलाई नयाँ अवधारणा अनुरुप उतारेका छन । गीतको शब्द र संगीत अनुरुप अभिनय सुहाउँदो भएको छ ।

‘स्लो मोसन’मा तयार भएको भिडियो नेपालमा भर्खरै मात्र अभ्यासनमा आउन थालेको हो । बुढा सुब्बा डिजिटल प्रालीले सार्वजनिक गरेको भिडियोलाई हरि हुमागाईले खिचेका हुन । रोशन भट्टराईको शब्दलाई न्यूह बज्रचार्यले संगीत भरेका हुन । रोशन भट्टराईले नै निर्माण गरेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, जेष्ठ ८, २०८१