मुम्बई l फिल्म रिलिजका बेला स्टारहरुको हिमचिमबारे समाचार आउनु अब नौलो भएन । फिल्म गर्दागर्दै नजिकिए वा छुट्टिए भन्ने समाचार अब सामान्य लाग्न थालिसके । यति बेला पनि फिल्म ‘जज्बा’ जोडीको चर्चा चलेको छ । तर सम्बन्धको नभई कामको प्रशंसाको मामिलामा । ‘जज्बा’ बाट कमब्याक गरेकी ऐश्वर्या रायलाई कोस्टार इरफान खानले लामो यात्रा निस्केकी अभिनेत्री भनी टिप्पणी गरेका छन् ।
‘ऐश्वर्या लामो यात्रामा निस्किएकी छन्,’ छोरी आराध्यालाई हुर्काईवरी पुन: अभिनयमा आएकी ऐशका लागि इरफानले कम्प्लिमेन्टमा थपे, ‘उनमा एउटा असल र चोखो आत्मा मैले पाएँ । विगत केही वर्षदेखि उनले कलाकारका रूपमा आफूमा धेरैभन्दा धेरै क्षमता खोजिरहेकी छन् ।’
भारतीय फिल्मका हस्ती मानिने इरफानबाट यस्तो कम्प्लिमेन्ट पाउनु ऐशका लागि पक्कै उपलब्धि हो । उक्त फिल्ममा इरफानले पहिलो पटक ऐशसँग काम गरेका हुन् । यसअघि उनले ऐशका ससुरा अमिताभ बच्चनसँग ‘पिकू’ मा काम गरेका थिए । ‘जज्बा’ मा जागिरबाट निलम्बित पुलिस अफिसरको भूमिकामा रहेका इरफानले वकिल बनेकी ऐशसँग जोडी जमाएका छन् ।
प्रतिक्रिया