एस.पी.गौरब
सर्लाही । “हरियो वन नेपालको धन” भन्ने मान्यतालाई आत्मा सात गर्दै सर्लाहीमा पनि वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिईएको छ । पछिल्लो क्रममा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई सरकारले पनि विशेष ध्यान दिईरहेको अवस्थामा सर्लाहीमा पनि यो यो कार्यले तिब्रता पाएको हो । यो वर्ष करिब ६ लाख ७० हजार हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । सर्लाहीका जिल्ला वन अधिकृत केदार नाथ दाहालका अनुसार अतिक्रमित तथा विभिन्न क्षेत्रमा गरि करिब ६ लाख ७० हजार हेक्टर जमिनमा वृक्षारोपण गरिएको छ । सामुदायीक साझेदारी तथा निजी वन तथा आवादी वनमा गरी सो हेक्टरमा वृक्षारोपण गरिएको हो ।
अतिक्रमित क्षेत्रमा नदीको कटान क्षेत्र,नदी उकास क्षेत्र लगायत गरि सर्लाहीको वसन्तपुर,कबिलासी,किसनपुर क्षेत्रमा गरि कबिर १२ गाविसमा वृक्षारोपण गरिएको हो । १२ गाविसमा करिब २१ हजार ५ सयका दरले प्रत्येक गाविसमा विरुवाहरु वितरण गरिएको जिल्ला वन कार्यालय सर्लाहीका वन अधिकृत दाहालले जानकारी दिनु भयो । वन दशक नाम दिईएर उक्त कार्यक्रम गरिएको हो ।सर्लाहीमा पछिल्लो क्रममा वन तथा वातावरण सम्बन्धी क्षेत्रमा आक्र्रषण बढेको पाईएको छ । निजी वन दर्ता गर्नेको सङ्ख्यामा पनि दिनप्रति दिन बृद्धी हुादै गईरहेको छ । वन दर्तामात्रै नभएर वृक्षारोपण कार्यक्रममा पनि झुकाव वढेको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ ।
यो वर्षमात्रै सर्लाहीमा करिब ४० वटा निजी वन दर्ता भएको जिल्ला वन कार्यालयको भनाई छ । तराईको जिल्ला भए पनि सर्लाहीमा रहेको कुल ५६ हजार हेक्टर खेती योग्य जमिन मध्ये करिब ३५ हजार हेक्टर जमिन सिचाईएको सुविधा भन्दा बाहीर रहेको छ । जसका कारण सर्लाहीमा पछिल्लो दिनमा अन्न उत्पादनमा कमी आउन थालेको छ । जसका कारण सर्लाहीका कृषकहरु पछिल्ला दिनहरुमा वृक्षारोपण कार्यक्रम तिर बढी केन्द्रीत भएका छन । विरुवाहरुमा पनि छोटो समयमा बढी आम्दानी लिन सकिने मसला जातका विरुवाहरुमा किसानहरुको ध्यान केन्द्रित हुने गरेको जिल्ला वन कार्यालय सर्लाहीले जनाएको छ । यो वर्ष जिल्ला वन कार्यालय सर्लाहीले करिब ३ लाख जडिवुटि सहित करिब १३ लाख ७२ हजार विभिन्न जातका विरुवाहरुको उत्पादन गरेको जिल्ला वन कार्यालय सर्लाहीका वन अधिकृत दाहालले जानकारी दिनु भयो ।
प्रतिक्रिया