चिटिक्क मिलेको जिउडाल कस्तो हुन्छ ? यस्को उत्तर विभिन्न स्थान र व्यक्तिअनुसार फरक पर्न सक्छ । एकजनालाई मन परेको र मिलेको झैँ लाग्ने शरिर अर्कोलाई मन नपर्न पनि सक्छ । तर, अधिकांस मानिसको आँखामा राम्रो र मिलेको लाग्ने जिउडाललाई नै ‘पर्फेक्ट बडी’का रुपमा लिइन्छ ।
युकेको सुपरड्रग अनलाइन डाक्टर्सले हालसालै गरेको एक अध्ययनले महिलाको शरिरलाई विभिन्न देशमा फरक फरक ढंगले आकर्षक मान्ने गरेको पाइएको छ । ‘पर्सेप्सन अफ पर्फेक्सन’ नाम दिइएको उक्त अध्ययन अनुसार देश अनुसार महिलाको शरिरलाई आदर्श शरिरका रुपमा मानिने तथ्य बाहिर आएको छ । विभिन्न १८ देशमा गरिएको उक्त अध्ययनले देश अनुसार नै फरक शरिरलाई आदर्श मानेका छन् ।
उक्त अध्ययनपछि संस्थाले एक महिलाको शरिरलाई १८ वटै देशमा दिइएको उत्तरका आधारमा पर्फेक्ट आइडल शरिरका रुपमा फोटो सपमार्फत देशको नाम अनुसार प्रस्तुत गरेका छ । हेरौँ कुन देशमा महिलाको कस्तो शरिरलाई पर्फेक्ट मानिन्छ ।
फोटो फिचर
स्वास्थ्य खबरपत्रिका
प्रतिक्रिया