पहिलो पटक उहाँलाई भेट्न सिंहदरवार पुगेँ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
९ भाद्र २०७२, बुधबार ०७:०२

lalbabu

पत्नी विमला महत
०५९ सालमा मैले पहिलो पटक उहाँलाई देखेकी हुँ । उहाँसँग मेरो विहेको कुरा एमाले नेतृ सुशीला नेपाल दिदीले ल्याउनु भयो । त्यसपछि उहाँलाई भेट्न गएँ । सुशीला दिदीले नै भेटघाटको चाँजोपाँजो मिलाउनु भयो । सिंहदरवारमा भेट्ने कार्यक्रम निश्चित भयो । त्यतिबेला म ३७ बर्षकी थिएँ ।
त्यतिबेला उहाँ ४४ बर्षको हुनुहुन्थ्यो । म ३७ बर्षकी थिएँ । सुशीला दिदीले हाम्रो विहे गराउन खोज्नु भयो । सुशीला दिदीलाई म निकै आदर गर्थे । दिदीले मेरै हितमा कुरा गर्नु भएको हो भन्ने लाग्यो । त्यसैले दिदीसँग धेरै सोधखोज गरिन । सुशीला दिदीले भन्न्ु भएको थियो, हाम्रो पार्टीमा एक नेता छन्, उहाँसँग तिमिले विहे गर्दा हुन्छ । उहाँसँग भेट्ने तय भएपछि एक्लै जान अप्ठ्यारो लाग्यो । गाउँले काकीलाई संगै जान अनुरोध गरेँ । काकीले सहजै स्वीकारर्नु भयो । काकी र म उहाँलाई भेट्न सिंहदरवार गयौ ।
सिंहदरवार एमाले संसदीय कार्यालयमा म र काकी पुग्दा सुशीला दिदीसँगै एमाले नेताहरु भरतमोहन अधिकारी, इश्वर पोखरेल हुनुहन्थ्यो । अर्काे एक जनापनि हुनुहुन्थ्यो । उहाँलाई त्यसअघि मैले कहिले नै देखेकी थिइन । हामी पुग्ने वितिक्कै सुशीला दिदीले त्यही अपरिचित अनुहार देखाउँदै भन्नुभयो उहाँ नै हो केटा ।
देख्नेवितिकै मेरो मन कुँडियो । सुशीला दिदीले मेरा लागि खोजेको केटा होचो  जस्तो लाग्यो । हेर्दा मेरो मन त्यति खुसी भएन । यो मान्छेसँग केही पनि छैन होला, मेरो मन खेल्यो । त्यहाँ विवाह सम्बन्धी कुरा हुन थाल्यो । भरतमोहन र इश्वर कमरेडले हामी दुईको जोडी मिल्ने बताउनु भयो । तर मैले निर्णय लिन सकिँन । एकैछिन गफिएपछि भरतमोहन कमरेडले भन्नुभयो  अहिले नै पठाई दिउँकी यी दुईलाई विहे गराएर । सुशीला दिदीले पहिलो पटक कुरा गर्दा निश्चित भएको मेरो मन दोधारमा परयो ।
ठोस जवाफ दिन सकिँन । मैले भने होइन घर सल्लाह पनि गर्नुपर्छ अहिले नै म एक्लैले कसरी निर्णय लिनु ।
होचो मान्छेसँग विहे गर्नु र ? भन्ने मनमा खेलेको थियो । धेरै पछिसम्म पनि यही कुरा खेल्यो । अन्त त म लालबाकुकी भएँ ।नयाँपत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१