काठमाडौं, ८ भाद्र । नेपाली कांग्रेसका सभासद एवं नुवाकोट कांग्रेस सभापति जगदिश नरसिंह केसीले कैलालीको टिकापुरमा भएको घटनाका बिषयमा त्यहाँका नेतृत्वकर्ताहरुलाई कानुनी घेरामा ल्याउनुपर्ने बताउनु भएको छ । टिकापुरका जनतालाई भड्काएर ठुलो झडप निम्त्याउनुमा नेतृत्वकर्ताकै ठुलो भुमिका भएकोले छानविन गरी तुरुन्तै कानुनी घेरामा ल्याउनु पर्ने बताउनु भयो ।
सभासद् केसीले राष्ट्रिय खबर डटकम सँग कुरा गर्दै आफ्नो ज्यानको माया मारेर पनि सुरक्षामा खटिने प्रहरी माथि नै यस्तो आक्रमण हुनु दुखदायी घटना भएको बताउनु भयो, उहाँले यस घटनामा टिकापुरका नेतृत्वकर्ताहरुको ठुलो हात रहेको र उनीहरुले नै त्यहाँका जनतालाई भड्काएको भन्दै त्यस्ता नेताहरुलाई जातिय भड्काउ ऐन अन्तगर्त कारबाही हुनुपर्ने बताउनु भयो ।
घटना अघि गएर ठाउँ ठाउँमा भाषण गर्ने त्याहाँका नेताहरु अहिले कहाँ गएँ रु तिनीहरुकै कारण आज हाम्रा दर्जनौं सुरक्षाकर्मिले ज्यान गुमाउनु परेको छ, भिणलाई सम्झाउन खोज्दा, जिउँदै आगो लगाएर हत्या गर्ने जस्तो अमानविय कार्य गर्न लगाउनेहरुलाई तुरुन्त छानविन गरी कारबाही होस्, केसी ले भन्नु भयो । साथै उहाँले प्रहरीकै दुई बर्षका कलिला निर्दोष बच्चालाई पनि हत्या गरीएकोमा दुख व्यक्त गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकारवादी र मानव अधिकारवादी संबद्ध संघ संस्थाहरुलाई छानिविन गरी दोषीलाई कानुनको कठघेरामा उभ्याउनको लागि आग्रह गर्नुभयो । सभासद् केसीले एसएसपीको सहित टिकापुरमा मारिएका देशभक्त सुरक्षाकर्मीहरु प्रति
श्रद्धान्जली व्यक्त गरेका थिए !
प्रतिक्रिया