कठिन फौजी ट्रेनिंग – प्यास मेट्न सर्पको रगत पिउंछन् जवानहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार १७:१५

कोबरा गोल्ड ट्रेनिंगको दौरानमा कोबरा नामक सर्पको रगत पिउँदै यूएस मरीन्सका एक सैनिक जवान) सेना जवानहरुलाई जुनसुकै परिस्थितिसंग जुध्न बनाउन कठिन भन्दा पनि कठिन सैनिक ट्रेनिंग लिनु पर्दछ । उनीहरुलाई हरेक मुश्किल परिस्थितिको सामना गर्न सिकाउने हेतुले पुर्व तयार राखिन्छ । कयौं समय उनीहरुलाई अति कठिन परिस्थितिको सामना गराइन्छ । कति पय कुरा जो सैनिक तालिम समयमा गर्नु पर्छ त्यो कुरा तपाइँले पत्यार नमान्न पनि सक्नु हुन्छ ।

युद्दको दौरानमा सैनिकहरुलाई जंगल, पहाड़ र यस्तो दुर्गम स्थानमा पनि जानु पर्छ, जहाँ जाँदा उनीहरु एक्लै वा समुहमा जहाँ पनि बास बस्नुपर्छ अनि जे पनि खानु पर्छ । यस्तै कठिन परिस्थितिको सामना गर्न सिकाउने क्रममा सैनिक तालिममा उनीहरुलाई संघर्षको साथ साथै दुश्मनसंग हमला गर्न सिकाउने गरिन्छ । कयौं देशमा विशेष सुरक्षा बल र सैन्य कमांडोजहरुलाई सैनिक बिशेष तालिम दिने चलन छ । यस्तै तरिकाले ट्रेनिंग लिनको लागि पनि विशेष तयारी गरिन्छ । सबै सैनिकले एकै प्रकारको ट्रेनिंग लिंदैनन् ।

यसको लागि त्यस्ता ट्रेनिंगको लागि युवा छनौट गरिन्छ अनि सुरु हुन्छ अपत्यारिलो ट्रेनिंग अभ्यास जुन कुरा सुन्दा साधारण मान्छेहरुको मुटु काम्न थाल्छ ।हामी कुरा गर्दैछौं, कोबरा गोल्ड सैनिक अभ्यासको । १९८२ देखि यूनाइटेड स्टेट र थाइल्याण्ड मिलेर यो ट्रेनिंग गरिरहेका छन् । यो ट्रेनिंग थाईल्याण्डको जंगलमा गराइन्छ । जसको उद्देश्य हो, सैनिकलाई हर परिस्थितिको सामना गर्न बलियो बनाउनु । यो खतरनाक ट्रेनिंगमा उनीहरुलाई प्यास लग्यो भने डरलाग्दो कोबरा आफैले मारेर त्यसको रगत पिउन पर्छ भने आफ्नो भोक शान्त पार्न जिउँदो कुखुरालाई कुनै पनि हतियारको सहायता बिना मारेर खानुपर्ने हुन्छ ।
तस्वीर ठूलो बनाएर हेर्नुहोस् ।।।

कोबरा गोल्डको सहायताले कयौं देशका सैनिकहरुलाई ज्वाइंट एक्सरसाइज गराइन्छ, जसको नेतृत्व अमेरिकी मरीनले गर्ने गर्दछ । थाईल्याण्डको कोनबुरी प्रांतको जंगलमा रहेको मिलिट्री बेस क्याम्पमा सात देशको हजारौं सैनिकहरुलाई जंगलमा खतरनाक स्थितिमा जिउँदो बच्न सिकाइन्छ । खाना/पानी केहि पनि खान पाईदैन । यस्तो एक्सरसाइज ११ दिन सम्म चल्छ । कोबरा गोल्ड मिलिट्री एक्सरसाइजमा थाईल्याण्ड, अमेरिका, सिंगापुर, इंडोनेशिया, जापान, दक्षिण कोरिया र मलेशियाका सैनिक शामिल हुने गर्दछन् ।
के हो खास कुरा ?

जंगलमा समय बिताउँदा प्यास लग्यो भने कोबरा (सर्प) को सरिरलाई टोकी-टोकी त्यसबाट आउने रगत सैनिकले पिउनु पर्ने हुन्छ । त्यस्तै यस्तो खालको ट्रेनिंगमा किरा फट्यांग्रा पनि खान पाइन्छ । कतिपयले अति भोक लागेपछि जंगली बाँदर समेत मारेर खाने गर्छन् । त्यसो त कोबराको रगत पूर्व एशियाली देशहरुमा कामोत्तेजक औषधिको रूपमा पनि बेच्ने गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, बैशाख २४, २०८१