पूर्व प्रधानमन्त्री बाबुरामले कैलालीको टीकापुरमा भएको घटनाको दुखेसो फेसबुकमा लेखे

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार ०९:२२

11891122_674706459333534_7949647224133043340_nकाठमाडौँ,८ भाद्र।  थरुहट/थारुवान आन्दोलनको क्रममा कैलालीको टीकापुरमा सुरक्षाकर्मी र नावालक सहित ठुलो जनधनको क्षति हुनु अत्यन्त दुःखद र खेदजनक छ।

यस्तो संवेदनशील विषय र क्षणमा सबै नागरिक, राजनीतिक दल र विशेषतः निर्णायक ठाउँमा रहेको राजनीतिक नेतृत्वले अत्यन्त संयमित र सुझवुझपूर्ण ढंगले आफ्ना अभिब्यक्ति दिने र आवश्यक समाधान खोज्ने कोशिश गर्नुपर्दछ।

अब जे हुनु भैसक्यो! घटनाको वास्तविक सत्यतथ्य समयक्रममा आउने नै छ! तत्काल हामीले विवेक र धैर्य नगुमाइकन समस्याको समाधान खोज्नुपर्छ!

कांग्रेस, एमाले, एमाओवादी, मधेसवादी आदि अहिलेका सबै प्रमुख राजनीतिक शक्तिहरु आआफ्नो समयमा ठुलो आन्दोलन/संघर्ष गरेरै आएका शक्ति हौं! त्यसैले समस्याको समाधान प्रशासनिक वा फौजी ढंगले हैन राजनीतिक ढंगले नै खोज्नुपर्छ भन्ने हामीले विर्सनु हुँदैन!

थारु नेपालको ६.५६ % जनसंख्या भएको सम्भवत: सवभन्दा उत्पीडित जाति/समूह हो! उसको वसोवासका निश्चित ऐतिहासिक/ भौगोलिक थातथलो छन्! तिनलाई मोटामोटी मिलाएर उनीहरुलाई मान्य हुने गरी कुनै संघीय प्रदेश बन्छ भने त्यसमा हामीले आपत्ति गर्नुहुन्न।

संघीय पुनर्स्ंंरचनामा गैसकेपछि हिजोका कुनै पनि प्रशासनिक इकाइ ‘अखण्ड’ हुँदैनन्!

अतिले खति गर्छ भन्ने हेक्का आफुलाई ठुला ठान्ने नेताहरुलाई वेलैमा होओस्!!

साभार – बाबुराम भटराईको फेसबुक बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१