एसएसपी न्यौपानेको मृत्युको खबरले श्रीमति अचेत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार ०८:३४

SSP_Neupane_home2_235127126

काठमाडौ, ८ भाद्र  ।  कैलालीको टिकापुरमा सोमबार दिउँसो थरुहट र मधेसी दलका हतियारधारी कार्यकर्ताको आक्रमणबाट एसएसपी लक्ष्मण न्यौपानेको मृत्यु भएपछि उनको परिवार शोकमा डुबेको छ । एसएसपी न्यौपानेका एक छोरा, एक छोरी, श्रीमति र वृद्दा आमा काठमाडौंमा छन् । श्रीमानको मृत्युको खबर सुनेपछि श्रीमति अरुणा अचेत छिन् । उनलाई काठमाडौं मेडिकल कलेजमा लगिएपनि अझै होस् खुल्न सकेको छैन । वृद्दा आमा र छोरीको अवस्था पनि उस्तै छ ।
न्यौपानेको मृत्युको खबरले छरछिमेकीलाई पनि शोकमग्न बनाएको छ । साँझ काठमाडौंको सिनामगंलस्थित निवासमा प्रहरी अधिकृतको एक टोली पुग्दा छरछिमेकी लगायतको समुह चिन्तित मुद्रामा  थियो । प्रहरी अधिकृतहरुले परिवारका सदस्यमाझ कार्यक्षेत्रमा ज्यान गुमाएका एसएसपी न्यौपानेप्रति समवेदना प्रकट गरेका थिए ।
टीकापुरमा मारिएका न्यौपानेको शव मंगलबार काठमाडौं ल्याइने तयारी गरिएको छ । बुवालार्इ भेट्न कैलाली पुगेका छोरा बुवाको शवसँगै राजधनी फर्कँदैछन् । बुवालर्इ भेट्दै घुम्न गएका छोरा सन्देशले धनगढीबाट फोन गरेर थरूहटको आक्रमणमा बुवा मारिएको खबर सुनाएका थिए ।
सोमबारको टीकापुर आक्रमणमा एसएसपी न्यौपानेसहित ७ प्रहरीले ज्यान गुमाएका छन् । घटनामा दुई वर्षीय बालक टेकेन्द्र कुवँरको पनि मृत्यु भएको कैलालीका प्रमुख जिल्ला अधिकारी राकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१