सूचनामार्फत जनता र सरकारलाई जोड्न रेडियो नेपाललाई सुझाव

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
८ भाद्र २०७२, मंगलवार ०६:५०

RADIO_Nepal_logoकाठमाडौँ । मुलुकमा आइपरेका ठूला विपद्का बेला रेडियो नेपालले अहोरात्र जनतामा सत्यतथ्य सूचना प्रवाह गरेको उदाहरणबाट यसको महत्व बढेको महसुस गरिएको छ ।

रेडियो नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रवद्र्धनका कार्यक्रमको समीक्षा र भावी योजना तर्जुमासम्बन्धी गोष्ठीका वक्ताहरुले भूकम्पको सन्त्रास व्याप्त रहेका बेला पु¥याएको सेवासँगै रेडियो नेपालको महत्व थप बढेको चर्चा गरे ।

कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयका निमित्त सचिव रामचन्द्र ढकालले रेडियो नेपालले भूकम्पका बेला पु¥याएको सेवाको प्रशंसा गर्दै विगतको द्वन्द्वका अवशेषलाई दिगो शान्तिमा रुपान्तरण गर्न पनि भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो ।

आफ्नो पहिचानलाई यथावत् राख्न रेडियो नेपालले कार्यक्रमलाई आगामी दिनमा थप प्रभावकारी बनाउन सुझाव दिँदै उहाँले प्रतिफलमुखी कार्यक्रममात्र तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक धनेन्द्र विमल क्षेत्रीले रेडियो नेपालले गौरवशाली पहिचान कायम गर्न प्रसारण कार्यलाई अझ बढी सुधार गर्दै स्तरीय बनाउन आवश्यक भएको बताउनुभयो ।

उहाँले रेडियोको प्रसारण कार्यको महत्वलाई दृष्टिगत गरेर नै आफूले यस आर्थिक वर्षलाई प्रसारण सुधार वर्षका रुपमा कार्यान्वयन गर्ने योजना बनाएको बताउनुभयो ।

कार्यक्रममा रेडियोका इन्जिनियर महाशाखाका प्रमुख चन्द्रभूषण लालदासले रेडियोले २००७ सालदेखि जनचाहनाबमोजिम सूचना प्रवाह गर्दै आएजस्तै आगामी दिन पनि सूचनामार्फत जनता र सरकारलाई जोड्ने सेतुको कामलाई प्रभावकारिताका साथ जारी राख्नुपर्ने बताउनुभयो ।

मुलुकभरका क्षेत्रीय प्रमुखको सहभागिता रहेको उक्त गोष्ठीमा रेडियो नेपालले निकट भविष्यमै मगही भाषामा पनि कार्यक्रम समावेश गर्ने जानकारी दिइएको थियो । रेडियो नेपाल २१ भाषा एकसाथ प्रसारण गर्ने एक्लो राष्ट्रिय प्रसारक हो । रासस

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१