किन हुन्छ स्वप्नदोष ? What causes Wet Dreams?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२२ जेष्ठ २०७१, बिहीबार ११:५४

यसमा सपनाको केहि दोष हुँदैन र वास्तवमा यो दोष नै होइन । बरु स्वभाविक हो । शरीर विज्ञानको अनिवार्य नियम हो । किनकि विर्य प्रशस्त मात्रामा उत्पादन हुने रहेछ भन्ने संकेत हो । यसको अर्थ अर्को पनि के हो भने, स्वप्न दोष हुनु भनेको स्वस्थ रहेछु भन्ने विश्वास पनि हो । किनकि अस्वस्थ मानिसको स्वप्न दोष हुँदैन ।

मानिस निदाएको बेलामा यौन सम्पर्क गरेको सपना देख्न थाल्दछ । सपनामा रोमाञ्चित हुन्छ र मज्जाले स्खलित हुन्छ । पुरुष मात्र होइन महिलाई पनि त्यस्तै हुन्छ । व्युझँदा भित्री कट्टु भिजेको हुन्छ । पुरुषको त धेरैनै हिलो भएको हुन्छ । यसरी पुरुषको पलङ्गबाट विर्य स्खलन हुनु वा महिलाको योनीमा सामान्य यौनरस आएर चिप्लो हुनुलाई नै स्वप्न दोष भनिएको हो । यसलाई नाइट फल वा वेटड्रिम पनि भनिन्छ ।wallpaper-1134949_people-artwork-1024x640

स्वप्नदोष शरीरको विकास सँगै हुने प्राकृतिक प्रक्रिया  हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्था देखि नै नियमित बीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई बीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानीनोक्सानी भने हुँदैन तर स्वप्नदोष पछि यौन अङ्गको सरसफाई राम्रोसँग गर्नुपर्दछ ।

जब केटा मान्छे किशोरावस्थामा प्रवेश गर्छ, उसको यौनाङ्गहरू र खासगरी अण्डकोष, वीर्य थैली र प्रोस्टेट ग्रन्थिको विकास हुनथाल्छन् । यौनाङ्गहरूको विकाससँगै वीर्यको उत्पादन पनि हुन थाल्छ । अण्डकोषले शुक्रकीट उत्पादन गर्छ भने वीर्य थैली र प्रोस्टेड ग्रन्थिहरूले एकै प्रकारको सेतो पदार्थ उत्पादन गर्छन् त्यसलाई नै वीर्य भनिन्छ । उक्त वीर्यमा शरीर मै उत्पन्न हुने विभिन्न रसायनहरूको मिश्रण हुन्छ, जसले शुक्रकीटलाई पोषण गरिरहेका हुन्छ । प्रया वीर्य भन्नाले शुक्रकीट सहितको सम्पूर्ण सेतो पदार्थ भन्ने वुझिन्छ । यसरी उत्पादन हुने क्रममा वीर्य थैली भरिन थाल्दछ र उत्पादन नरोकिए पछि भरिएको वीर्य बाहिर निस्कन्छ, जसरी पिसावले भरिएको मूत्र थैलीबाट पिसाब बाहिर निस्कन दवाव सिर्जना हुन्छ । यस्तो प्रक्रियाबाट वीर्य बाहिर निस्कनुलाई स्खलन भएको भनिएको हो । प्रायः राती निदाएको बेला हुनेहुनाले त्यसलाई स्वप्नदोष भनिएको भएपनि कहिलेकाहीँ दिनमा पनि स्खलन् हुन्छ । जस्तै विपरित लिङ्गीय मानिससँग संगै बस्दा, नग्न फिल्म हेर्दा, यौन सम्पर्कको गहिरो कल्पनामा डुब्दा आदि ।female-masturbation3

स्वप्नदोषको बेलामा यौन क्रियामा संलग्न भएको सपना देख्नु स्वाभाविकै हो । स्वप्नदोष सक्रिय यौनजीवनको एक सामान्य प्रक्रिया हो । कसै कसैलाई स्वप्नदोष हुँदैन, त्यो पनि असामान्य भने होइन । उसको पनि कुनै न कुनै प्रक्रियाबाट वीर्य स्खलन चाहिँ भैरहेको हुनसक्छ । समाजमा स्वप्न दोष सम्बन्धी व्यापक भ्रम छ । यो पनि कुनै किसिमको रोग हो, स्वप्न दोषले कम्जोर बनाउँछ, स्वप्न दोषले यौन दुर्वल्ता बढाउँछ, आदि । यस्तै गलत सूचनाहरु पाएका कारण स्वप्न दोष हुँदा अधिकांश युवाकिशोरकिशोरीहरु डराई रहेका हुन्छन् र कति पय त गम्भिर किसिमको मानसिक तनावमा परेका हुन्छन् । संसारमा आज सम्म कुनै पनि अनुसन्धानहरुले यसलाई रोगको रुपमा लिइको छैन र प्रमाणित पनि गरेको छैन । बरु स्वास्थ्य विज्ञानले चाहिं यो प्राकृतिक नियमको साधारण प्रक्रिया हो, वीर्य बाहिर निस्कनका लागि नै निर्माण भएको हुन्छ । तसर्थ यो कुनै प्रकारको रोग होइन र स्वप्नदोषले कमजोर पार्छ भन्नु भ्रम मात्रै हो । बरु यस्ता भ्रमहरुले मानसिक स्वास्थ्यमा असर पार्ने हुनाले उनिहरुका लागि यस्ता सूचना पाउँने वातावरण बनाई दिनु पर्दछ । परामर्शको आवश्यकता पर्दछ । विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको व्यवस्था गर्नु पर्दछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१