तिजमा १२ हजारको सारी मागेपछि श्रीमानलाई तनाव (भिडियो सहित)

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७२, सोमबार १३:१९

काठमाडौं ।
तिज नजिकिँदै गर्दा बजारमा तिज गितका ओईरो लागि रहेका छन् । कति तिजको मौलिकता झल्काउने तिज गित छन् त कति तिजको गित हो र भन्ने गितहरु पनि ओईरीएका छन् । यसैबिच यसपालीको थुप्रै तिज गितको माझ अर्को गित बजारमा आएको छ । जुन गितमा तिजको मौलिकता झल्किएको छ ।

लै बरी लै बोल रहेको उक्त तिज गितमा श्रीमतीले आफ्नो श्रीमानलाई तिजको बेलामा १२ हजारको सारी किनीदिनु पर्ने कथाबस्तु समावेश गरीएको छ । गितलाई निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् । दर्जनौं गितहरु निर्देशन गरीसकेका निर्देशक मिलन कार्कीलाई हामीले सोध्यौं सारी कै बिषयलाई समावेश गर्नुको कारण केहि छ कि ? तिज गित भनिसकेपछि मौलिकता झल्काउने हुनु जरुरी छ । नेपाली भेषभुषा, रीतिरिवाज झल्काउने भयो भने सबै दर्शकले पनि माया गरीदिनुहुन्छ र तिजमा नेपाली दिदि बहिनीहरु रातो सारीमा सजिने भएकोले पनि हामीले सारीलाई समावेश गरेका हौं, कार्कीले भने ।

निर्देशक कार्कीले पछिल्लो समय नेपाली संस्कृतिलाई समावेश नगरी बन्ने तिज गितहरुले समाजमा बिकृती फैलाउने र कुनै पनि स्रष्टालाई तिज जस्तो नेपाली नारीहरुको चाडमा नारीहरुको मौलिकता झल्काउने कथावस्तु लाई समावेश गरी बनाउन समेत आग्रह गरे । गितमा नवगायक भिम कार्की र गायिका साबित्री जोशी को स्वर रहेको छ भने लय÷शब्द संगित किसन गाहा मगरको रहेको छ । भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने दृश्य निर्माण परेली फिल्मस् प्रा.लीले गरेको हो । जसमा कोरियो ग्राफि निरेन श्रेष्ठको रहेको छ । गितमा भुवन, रोजी र गोपिकृष्णको अभिनय देख्न सकिन्छ भने गितलाई समुन्नत समाजले बजारमा ल्याएको हो ।
भिडियोकाठमाडौं ।

भिडियो

https://www.youtube.com/watch?v=CNH-e57GBRk

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१