प्रधानमन्त्रीले अभिनेत्री गरिमालाई देखेपछि….

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७२, सोमबार १०:३४

11890968_10153889432481754_5051339985394511858_n

काठमाडौं, ७ भाद्र  । विश्वेश्वरप्रसाद कोइरालाको बहुचर्चित कृति तिन घुम्तीमा बनेको चलचित्र हेर्न शनिवार नेतादेखि अभिनेतासम्मको भिड नै लाग्यो । प्रधानमन्त्री सुशील कोइरालादेखि सञ्चारमन्त्री मीनेन्द्र रिजालसम्म जय नेपाल सिनेमा हल पुगे । त्यहाँ पुगेका नेताको अभिनयले अभिनेताहरुलाई पनि मात गरयो ।
चलचित्र हेर्न प्रधानमन्त्री कोइराला, पूर्वप्रधानमन्त्री माधव नेपाल, कांग्रेस उपसभापति रामचन्द्र पौडेल, एमाले महासचिव इश्वर पोखरेल, अर्थमन्त्री रामशरण महत, बनमन्त्री महेश आचार्य, सञ्चारमन्त्री रिजाल र शिक्षामन्त्री चित्रलेखा यादव हल पुगेका थिए । हल पुगेका मन्त्री र नेताहरु अभिनेत्रीसँग तस्विर खिच्न र मोडलिड गर्न उनीहरुले अभिनेतालाई उछिनेका थिए । प्रधानमन्त्री कोइराला, एमाले नेता नेपाल, महासचिव पोखरेल र सञ्चारमन्त्री रिजालले अभिनेत्रीसँग मोडलिड गरेका थिए ।
चलचित्र तीन घुम्तीकी अभिनेत्री हुन् गरिमा पन्त । पन्तसँग फोटा सेसन गर्न नेताहरुले तछाड मछाड गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१