फ्रान्सको समुन्द्री क्षेत्रमा रहेको यो होटल संसारकै सबैभन्दा होटलमा पर्छ । नेपोलियन तृतीयको पालमा बनेको यो द्वीपको दरवार अहिले पुरै होटलमा परिणत गरिएको छ । यहाँ २२ यो सन् १८६७ देखि १८८० को बीचमा बनाइएको थियो ।
Sunrise Kempinski Hotel
चीनको बेइजिङबाट एक घण्टाको दुरीमा रहेको यो होटलको डिजाइन अनौठो छ । यसका सबै कोठा ३ सय ६० डिग्रीमा बनाइएको छ । यहाँ तलाउ समेत छ । यो होटलमा ९ वटा फरक फरक रेष्टुरेन्ट पनि छ ।
La Grande Maison
दक्षिण फ्रान्सको बोर्डोिस्थत यो होटलमा केवल ६ वटा कोठा छन् । खासमा यो होटल वाइनका लागि संसारभरी नै प्रसिद्ध छ ।
Belle Mont Farm
वेष्टइण्डिजको सेन्ट किट्स आइल्याण्डमा रहेको यो होटल अर्गानिक फार्म पनि हो । यहाँ थुप्रै भिल्लाहरु छन् जहाँ अनौठा अनौठा विलाशी सुविधा समेत छन् ।
Four Seasons Resort
जुमेरा समुन्द्री तटीय क्षेत्रमा रहेको यो होटलमा २ सय ३७ कोठा छन् । यहाँ १० वटा फरक फरक र विलाशी रेष्टुरेन्ट पनि छन् भने ३ वटा स्वीमिङ पुल छन् ।
Amilla Fushi
माल्दिभ्सको यो नयाँ होटल पारिवारिक विदा मनाउनका लागि प्रसिद्ध छ । यदि पारिवारिक विदा मनाउने ठाउँ खोजिरहनु भएको छ र पैसा पनि छ भने यहाँ जानुस् ।
Villa Stephanie
दक्षिण पश्चिम जर्मनीको वाडेन वाडेन शहरमा रहेको यो होटलको विशेषता यहाँ भएका विशेष सुविधा हुन् । यहाँ ब्यूटी ट्रीटमेन्ट, न्यूट्रीशन गाइडेन्स, इमोशनल केयर र मेडिकल केयरको सुविधा समेत छ ।
स्पेनको बार्सिलोनास्थित यो होटल फरक किसिमको छ । यहाँ चर्चित चित्रकार पिकासोको पहिलो स्टुडियो पनि थियो । यो होटलमा रुफटप स्वीमिङ पुल र बार समेत छ ।
Maison Souquet
युरोपको इतिहासमा सन् १८७१ देखि प्रथम विश्व युद्धको शुरुवात अर्थात १९४१ समेम यो होटल रहेको भवन प्लेजर हाउसकोरुपमा प्रयोग गरिन्थ्यो । यहाँ अहिले केवल २० कोठा भएको सुन्दर होटल छ । यो पनि संसारकै महंगो र विलाशी होटलकोरुपमा छ ।
Reverie Saigon
भियतनामको हो ची मिन्ह शहरको टाइम्स स्क्वाइरमा रहेको यो भवनको २७ औं तला देखि ३९ औं तला सम्म रहेको यो होटल शहरकै सबै भन्दा अग्लो छ । यहाँ युरोपियन देखि चाइनिज सम्म परिकार पाइन्छ । यो पनि संसारकै विलाशी र महंगो होटलमा गनिन्छ ।
प्रतिक्रिया