दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहाकारको आइतबार बस्ने भनेको बैठक रद्द

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
७ भाद्र २०७२, सोमबार ०७:१७

india_pakistanनयाँदिल्ली । भारतले पाकिस्तानद्वारा शनिबार राति दुई देशका राष्ट्रिय सुरक्षा सल्लाहाकारको आइतबार बस्ने भनेको बैठक रद्द गर्ने निर्णय ‘दुर्भाग्यपूर्ण’ भनेको छ ।
भारतीय विदेश मामिला सम्बद्ध मन्त्रालयका प्रवक्ता विकाश स्वरुपले आफ्नो ट्वीटर एकाउन्टमा लेखिकी छिन् ‘पाकिस्तानको यो निर्णय दुर्भाग्यपूर्ण भएको छ । भारतले सुरक्षा वार्ताका लागि कुनै पूर्व शर्तहरू राखेको थिएन’ ।
‘भारतले, भारत–पाकिस्तानबीच भएको सिम्ला तथा उफा सहमतिलाई सम्मान गर्नुपर्ने बताएको थियो यो यसभन्दा पहिले नै गरिएको प्रतिबद्धता थियो ।’ एक अर्को ट्वीट गरेर भनेकी छिन् ।
पाकिस्तानले आज हुने भनिएको उक्त वार्तामा भारत नियन्त्रित काश्मिरका पृथकतावादी तथा पाकिस्तानी अधिकारी समेतको टोली सम्मिलित हुनुपर्ने अडान राखेको थियो यो नयाँ दिल्लीले अस्वीकार गर्दै आएको थियो ।
यसैबीच, भारतले पाकिस्तानका उच्च सुरक्षा अधिकारीलाई भेट्न आएको केही काश्मिर क्षेत्रका नेताहरूलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१