कला राष्ट्रिय पहिचान :अध्यक्ष ढकाल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ११:०१

काठमाडौँ – नेपाल परिवार दलका अध्यक्ष तथा सभासद एकनाथ ढकालले कला राष्ट्रको पहिचान रहेको बताउनु भएको छ। विश्व  शान्ति महिला संघ द्वारा ललितपुरको धापाखेलमा आयोजित अन्तर विद्यालय कला प्रतियोगिताको उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हो।

कार्यक्रममा उपस्थित १६ विद्यालयका बिद्यार्थी  तथा शिक्षकहरुलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आजका बिद्यार्थीहरुले बोकेका चिन्न्तन र दृस्टीकोण नै भोलि गएर राष्ट्रको बाटो हुने भएकोले युवा बिद्धर्थिहरुमा अनुशासन, देश भक्तिको भावना र सृजनशिलाताको आबस्यकता छ भन्नु भयो ।

अध्यक्ष ढकालले प्रत्यक प्रतिस्पर्धालाइ अबसरको रुपमा लिन र प्रत्यक अबसरमा अधिकतम रुपमा आफ्नो क्षमता प्रस्तुत गर्न बिद्धार्थी हरुलाई सुझाब दिनु भयो । कुनै पनि हारजित अन्तिम हुदैन भन्दै ढकालले जिबनमा कहिलैपनि हरेश नखान बिद्धार्थी संग आग्रह गर्नु भयो । पूर्व मन्त्रि समेत रहेका ढकालले कला क्षेत्रको बिकासमा राज्यले पनि उचित प्राथमिकतामा राख्नु पर्ने बताउनु भयो । बिश्वो शान्ति महिला संघ नेपालकी अध्यक्ष ब्लेसि गाडन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भुकम्प पिडित स्थानीय हरुलाई राहत वितरणको साथै बिद्धार्थी हरुलाई शैक्षिक सामग्री प्रदान गरियको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१