कति वर्षकी भइन् रेखा थापा ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
६ भाद्र २०७२, आईतवार ०९:५८

काठमाडौं, ६ भदौ ।  अभिनेत्री रेखा थापालाई भदौ ५ गते विशेष लाग्छ । उनलाई जन्माउँदा आमाले भोग्नुपरेको संघर्ष हरेक जन्म दिनमा सम्झिन्छिन् उनी । उनी १० महिना आमाको गर्भमा बसेपछि जन्मेकी थिइन् । शनिबार ३२ वर्ष टेक्दै गर्दा उनले फेरि आमा सम्झिइन् । ‘आमाले निकै दुःख पाउनुभएको रे, म जन्मिन ढिला हुँदा’, उनले भनिन्,‘९ महिनामै जन्मिनु पर्ने मैले थप एक महिना आमाको गर्भमा भारी दिएको थिएँ ।’ सधैं सामान्य तवरले घरमै जन्मोत्सव मनाउने रेखा योपटक चाहिँ संयोगहरुबीच घेरिइन् । शनिबार बिहानै उठेर उनी जिम गइन् । त्यसपति पशुपतिमा पूजा गर्न । त्यहाँ  पुजारीहरु बाटै उनलाई ह्यापी बर्थ डेको बर्षा भयो । त्यसपछि सामाजिक सञ्जाल र फेसबुकमा कति–कति । आजको कान्तिपुर दैनिकमा  खबर छापिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१