ढाडे बिरालोप्रति सर्वसाधारण आक्रोशित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार १०:१६

काठमाडौँ । लोक गायिका ज्योति मगर यतिबेला निकै आलोचित बन्नुभएको छ भने उहाँको भड्किलो र उत्ताउलो हाउभाउप्रति सर्वसाधारण उत्तिकै आक्रोशित पनि छन् । हालसालै सार्वजनिक भएको ‘ढाडे बिरालो’ नामक तीजको गीतमा उनको उत्ताउलो हाउभाउ र शैलीप्रति धेरैले विरोध जनाएका थिए । jyoti

मगरले नेपाली कला र संस्कृति बिगार्ने र समाजमा अश्लीलता फैलाएको भन्दै हालै नेपाल लोक दोहोरी प्रतिष्ठानले विज्ञप्ति जारी गरी यस्ता अश्लील गीतहरू निरुत्साही गर्नुपर्ने र लोकगीत सङ्गीतलाई सामाजिक मूल्य मान्यता, विधि विधान, शिष्टता र मर्यादा विपरीत हुने गरी उत्पादन र सार्वजनिक गर्नेलाई पनि कारबाही हुनुपर्ने जनाएको छ ।
कार्यक्रमस्थलमा उत्ताउलो हाउभाउ देखाएर देशदेखि विदेशसम्म नै पटक पटक विवादमा पर्दै आउनुभएकी मगरलाई सामाजिक सञ्जालमार्फत केही युवाले सार्वजनिक रूपमा नै बहिष्कार गर्नुपर्ने आवाजसमेत उठाइरहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१