काठमाडौँ ४ भाद्र । स्वामी प्रपन्नाचार्यको ९२ वर्षको उमेरमा निधन भएको छ । आज बिहान मृगस्थली आश्रममा उहाँको निधन भएको हो ।मृगस्थलीको एक आश्रममा बस्दै आएका प्रपन्नाचार्य लामो समयदेखि पिसाब र श्वासप्रश्वाससम्बन्धी रोगबाट बिरामी थिए ।
पाँचथरको लालीखर्क बरडाँडामा वि.सं १९९० सालमा जन्मिएका उनको वास्तविक नाम काले राई भए पनि उनलाई सबैले स्वामी प्रपन्नाचार्यको नामले चिन्दछन् ।
तत्कालिन राजपरिषद् स्थायी समितिका सदस्य उनले नेपाली भाषा, साहित्य, संस्कृतिसम्बन्धी धेरै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन्। (३० वर्षको उमेरमा पढ्न शुरु गरेका स्वामी प्रपन्नाचार्यले हिन्दू धर्मसम्बन्धी धेरै किताव लेखेका छन् ।‘वेदमा के छ ? ‘नामक उनको कृति चर्चित छ।
उनी ३० वर्षको जवान भएपछि अध्ययनका लागि भारतको बनारस गए र वेदमा पीएचडीसम्मको शिक्षा हासिल गरे ।
उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि शुक्रबार पशुपतिको मृगस्थलीमै राखिने भएको छ ।
प्रतिक्रिया