नेपालद्वारा भुटान ३-१ गाेल अन्तरले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०७:०३

khel-final-fial3काठमाडाैँ । साफ यू–१९ च्याम्पियसीपमा नेपालले सानदार सुरवात गरेको छ । एन्फा कम्प्लेक्स  अाज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–१ गोल अन्तरले हराएको छ  नेपालको जितमा कप्तान विमल घर्तीमगरले ह्याट्रिक गरेका थिए ।

खेलको दशौं मिनेटमा गोल गर्दै विमलले नेपाललाई सुरुआती अग्रता दिलाए तापनि नेपालको अग्रता एक मिनेट पनि टिक्न नपाउँदै एघारौं मिनेटमा भुटानका सोनाम तोग्बेले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए  ।

जितसँगै नेपालले ३ अंक जोडेको छ । नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशको सामना गर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, भुटान र माल्दिभ्स सहभागी छन् । नेपाल, भुटान र बंगलादेश समूह ‘ए’मा रहेका छन् भने समूह ‘बी’मा भारत, अफगानिस्तान र माल्दिभ्स रहेका छन् । दुबै समूहको शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् भने प्रतियोगिताको फाइनल खेल भदौ १२ गते हुने जनाइएकाे छ  ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१