महिलालार्इ देखेपछि अश्लील बाेल्ने सुगा !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०६:५९

Dainik Nepali Khabar's photo.एजेन्सी । सुगा मानिसजस्तै बोल्न सक्ने एक विशिष्ट प्रजातिको चरा हाे।
सुगा मानिसको बोली अनुसरण गरेर उनीहरुजस्तै बोल्न सक्छ ।

तर भारतमा एक सुगाले महिला देख्नेवित्तिकै गालि दिने गरेकाे बताइएकाे छ । घरका सदस्यहरुको झगडामा प्रयोग हुने गालिका शब्द सिकेर यसले महिला देख्ने वित्तिकै त्यही शब्द बोल्ने गरेको प्रहरीकाे भनाइ  छ ।
एक महिलाले सुगाले अश्लील गालि गरेपछि प्रहरीमा उजुरी दिएकी थिईन् । प्रहरीले सुगालाई पिजडाबाट समातेर चौकी ल्याएर सोधपुछ गरेपछि आफ्नो मालिकले सिकाएको बताएकाे थियाे ।
भारतको महाराष्ट्र स्थित चन्द्रपुर जिल्लाको राजुरामा यो घटना भएको बताइएकाे छ  । प्रहरीले सुगालाइ गाली सिकाउने मालिकको खोजी गरिरहेको  प्रहरी इन्सपेक्टर उमेश पटेललाइ उदृत गर्दै बताइएकाे छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१