रेड कार्पेटमा तीन नायिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
४ भाद्र २०७२, शुक्रबार ०६:४४

red-Carpet-wardक्यालिफोर्निया । हलिउडलार्इ संसारका अधिकांश चलचित्रकर्मीहरुको अन्तिम सपना मानिन्छ तर थोरैकाे  मात्र त्यो सपना पूरा हुने गर्छ   तर तीनजना नेपाली अभिनेत्रीहरुको हलिउड सपना भने एकैपटक पूरा भएको छ । अभिनेत्रीहरु – ऋचा घिमिरे,नन्दिता केसी र केकी अधिकारीकाे हलिउड सपना अमेरिकामा हालै सम्पन्न फेस्टिबल अफ ग्लोबमा महोत्सवले पूरा गरिदिएको हो ।
क्यालिफोर्निया राज्यको सनफ्रान्सिस्को सन जोसमा भएको फेस्टिबल अफ ग्लोबमा नायिका तथा निर्मात्री ऋचा घिमिरेको चलचित्र तुलसी पनि प्रदर्शन गरिएको बताइएकाे छ । जसका लागि उनीहरुले हलिउडको रेड कार्पेट अर्थात रातो गलैचामा हिड्ने मौका समेत पाएका थिए ।

३ दिन सम्म  महोत्सवमा ब्यस्त भई क्यालिफोर्नियाबाट बाल्टिमोर फर्किएकी ऋचाले  हलिउडमा हुने यस्तो बिशाल कार्यक्रममा नेपाली कलाकार तथा नेपाली चलचित्रले सहभागी हुन् पाउनु नै गर्वको बिषय भएकाे बताइन् ।

कार्यक्रममा नेपाली चलचित्र तथा कलाकारलाई उक्त अवसर प्रदान गर्न अमेरिकामै रहँदै आएका प्रकाश थापाले निकै कसरत गरेका थिए ।
गत अगस्ट ७ देखी १६ सम्म भएको उक्त महोत्सव मा ३० देशका २५० वटा फिल्म प्रदर्शन गरिएको थियो भने महोत्सव मा हलिउडका तथा बलिउडका प्रख्यात कलाकारहरुको उपस्थिति रहेको थियाे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१