मानिसको कुन अँगमा भएको कोठीले के को संकेत गर्छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७२, बिहीबार १६:३४
 
मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ ्रहामीले बुझ्ने कोठी भनेको छालालाई रङ्ग प्रदान गर्ने कोषिका एकै ठाउँमा थुप्रिएर रहने अवस्था हो । यसलाई अङ्ग्रेजीमा मोल निभ्स भनिन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ ।
अनुहारमा भएको कोठी : यदि तपाईंको अनुहारमा कोठी छ भने यो शुभको संकेत हो । यसलाई तपाईंले धनवान बनाउँछ । तर यदि तपाईंको बाँया गालामा कोठी छ भने यो अशुभ हो । यसले तपाईंलाई सधैं पैसाको अभावमा बाँच्नुपर्ने संकेत गर्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ ।
ओठमा भएको कोठीः ओठमा कोठी हुने व्यक्तिहरुको भित्रि मनमा निकै प्रेम हुन्छ । यसले तपाईंको कामुक प्रवित्तिलाई पनि दर्शाउँछ ।
हातमा भएको कोठीः यदि तपाईंको दाहिने हातमा कोठी छ भने यो तपाईंको बीरताको संकेत हो जसका कारण मानिसहरु तपाईंलाई सम्मान गर्छन् । बाँया हातमा कोठी हुनेहरुले छोरी नै जन्माउने देखाउँछ । औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।
गर्धन : गर्धनमा कोठी हुने व्यक्ति अल्छी हुन्छ र खाली आराम गरिरहन चाहन्छ ।
छातिमा भएको कोठी : दायाँ छातिमा कोठी हुने पुरुषहरुले आफ्नी श्रीमतीलाई बहुतै प्रेम गर्छन् भने बायाँ छातिमा कोठी हुनेहरु स्वास्नीसँग झगडा गरिरहन्छन् ।
खुट्टामा भएको कोठी : दायाँ खुट्टामा कोठी हुनेहरु बुद्धिमान हुन्छन् भने बायाँ खुट्टामा कोठी हुनेहरु खर्चालु हुन्छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१