रौतहटमा सुचना दिवस मनाईयो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७२, बिहीबार १३:४९

प्रविण टिबडेवाल
रौतहट ३ भदौं । नवौं राष्ट्रिय सुचना दिवस रौतहटमा भव्यता पूर्वक मनाईएको छ । भ्रष्टाचार नियन्त्रण तथा सुचनाको हक अधिकारको क्षेत्रमा लामो समय देखि कार्य गर्दै आएको क्रिएटिव गु्रफ अफ नेपाल नामक गैर सरकारी संस्थाले रौतहटको सदरमुकाम गौरमा एक कार्यक्रम बिच ९ औं राष्ट्रिय सुचना दिवस मनाएको हो ।
संस्थाका अध्यक्ष प्रविण कुमार शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि तथा रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सुचना पाउनु सम्पूर्ण जनताको मौलिक अधिकार रहेको र देशमा सुचनाको हक सम्बन्धि प्रष्ट कानुन प्रयोगमा आईसकेकोले कुनै पनि नागरीक सो अधिकार बाट वंचित नहुने बताएका छन् ।
सो कार्यक्रममा विभिन्न कार्यालयका प्रमुख, सुचना अधिकारी, पत्रकार, अधिकार कर्मी लगायत राजनिती दलका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
सुचना पाउने जनताको मौलिक अधिकार रहेको हुंदा सो हक अधिकारलाई रौतहटमा सुनिश्चित गराउन सक्रिय रहेको क्रिएटिव गु्रफ अफ नेपालले सुचनाको हकको क्षेत्रमा क्रियासिल फ्रिडम फोरम तथा सुचनाको हकको लागी नागरीक अभियानको सहकार्यमा रौतहटमा सुचनाको हक अधिकारको क्षेत्रमा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१