रुपन्देही,३ भदौ । रुपन्देहीको मैनहियामा खोलामा गत बिहीबार भेटिएको बालकको शव एक हप्तासम्म पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार ११/१२ वर्ष उमेरका देखिने मैनहिया–१ मनधरास्थित तिनाउ खोला किनारमा फेला परेको शवको अझै सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार रातो, पहेलो , खैरो एस्ट्रो ब्वाय लेखिएको टिसर्ट लगाएका तथा बायाँ खुट्टाको तिघ्रामा तीन इन्च लम्बाइको पुरानो पोलेको जस्तो खत देखिने बालकको अहिलेसम्म पहिचान भएको छैन ।
बालकको शव लुम्बिनी अञ्चल अस्पताल बुटवलमा राखिएको छ ।रासस
प्रतिक्रिया