स्मिथ अष्ट्रेलियाको नयाँ कप्तान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३ भाद्र २०७२, बिहीबार ०६:२८

timthumb1माइकल क्लार्कले सन्यास लिएपछि स्टेभेन स्मिथ अष्ट्रेलियाको एकदिवसीय राष्ट्रिय क्रिकेट टोलिको नयाँ कप्तान बनेका छन्।
महिनाको अन्त्यमा आयरल्याण्ड र इंग्ल्याण्डसँग हुने क्रिकेट टोलिको कप्तानी स्मिथलाई सुम्पिएको हो। बुधबार अष्ट्रेलियका क्रिकेट बोर्डले घोषणा गरेको टोलिमा मार्कुस स्टोइनीज, एस्टन अगर र जोइ बर्नलाई पहिलो पटक एकदिवसीय टोलिमा स्थान दिएको छ।

स्टोइनीजले ‘ब्याट फर नेपाल’ मा विश्व ११का तर्फबाट सर्वाधिक ४८ रन बनाएका थिए। अर्धशतक बनाउन २ रनले चुकेका उनले अष्ट्रेलिया ‘ए’ मा पनि प्रभावशाली प्रदर्शन गरेको बोर्डले जनाएको छ।

प्रभावशाली खेलाडिहरु नाथोन लियोन र एरोन फिन्च टोलिमा रहने छैनन्। मिचेल जोनसोन र जोस हाज्लेउडलाई पनि आराम गर्न दिइएको छ भने जेम्स फल्कनर निलम्बनमा छन्। विकेट माथ्यु वेड फर्किएका छन्।

अष्ट्रेलिया एसेज टेष्ट श्रृङ्खलामा इंगल्याण्डसँग ३(१ले पराजित भइसकेको छ। पाँच टेष्टको श्रृङ्खलमा एक खेल खेल्न बाँकी रहँदै उसले श्रृङ्खला गुमाइसकेको छ। टेष्टमा खराब प्रदर्शनबाट गुज्रिएको अष्ट्रेलियालाई एकदिवसीय क्रिकेटमा प्रभावशाली बनाउने चुनौति स्मिथको काँधमा आएको छ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१