भीम आचार्य र दीपक अमात्यलाई कुर्सीबाट बिदा गर्दै नेपाल वायुसेवा निगमसमेत चलाउने पर्यटन मन्त्रालयमा आसिन एमाले मन्त्री कृपासुर शेर्पाले पर्यटन मन्त्रालयअन्तर्गतका विभागमा आफ्ना गतिविधि सञ्चालन गर्न थालेका छन् ।
उनले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, पर्यटन बोर्डसहित विकास समितिहरुमा एमालेकरणको सुरुआत गरेका छन् । उनले नागरिक उड्डयन प्राधिकरणलाई राष्ट्रिय ध्वजावाहकको भन्दा पनि निजी हवाई कम्पनीको सेवामा खटाइरहेका छन् ।
राष्ट्रिय ध्वाजबाहक कम्पनीले गर्दै आएको ग्राउन्ड ह्यान्डलिङ समेत निजी कम्पनीलाई दिने तयारी गरेका छन् भने नेपाल वायुसेवा निगमलाई आफ्नो पार्टीका कार्यकर्ता भर्ती गर्ने थलो बनाएका छन् । मन्त्री शेर्पाको आदेश शिरोपर गर्न नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंशाकार बाध्य हुने नै भए । उनले नेपाल वायुसेवा निगममा हाल झन्डै पचास एमाले कार्यकर्तालाई विभिन्न तहमा करारमा नियुक्त गरिसकेका छन् ।
नाता–सम्बन्ध विस्तार गर्न सिपालु मन्त्री कृपासुर शेर्पा आफ्ना नेता तथा कार्यकर्ता नातेदारलाई पनि सम्हाल्न सिपालु नै छन् । नेकपा ९एमाले० उपाध्यक्ष विद्या भण्डारीका माइती पर्ने पीप्रसाद पाण्डेलाई तेस्रो तहमा भर्ती गरेर उद्धार गरेका छन् । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्तथलमा तेस्रो तहको नियुक्ति बुझेर दुई महिनाअघि हाजिर भएका पाण्डे मन्त्रीको सोझो आदेशमा अन्तर्राष्ट्रिय विमानस्थलमा खटेका हुन् ।
मन्त्री शेर्पालाई तेस्रो तहका पाण्डेलाई बिहानी सत्रमा जिम्मा दिनुको रहस्य के होला रु यसको जवाफ कृपासुर शेर्पा विमानस्थलमा जागिरे हुँदै उनले दिइसकेका छन् । अहिलेको पाण्डेको खटनपटन र निर्देशन हेर्दा उनी पनि भावी मन्त्री हुने निश्चित देखिन्छ । बिहान पाँच बजेदेखि मध्याह्न १२ बजेसम्म उनको जिम्मेवारी भए तापनि उनी नौ बजे नै आफ्नो काम सकिएजस्तै पोशाक परिवर्तन गरिसकेका हुन्छन् ।
फाइल क्यारियर भए तापनि उनलाई विमानसम्म जान पाउने पासको व्यवस्था गरिएको छ । विशेषगरी हङकङ–बैंककका जहाजहरु बिहान काठमाडौं आइपुग्छन् । ती जहाज आइपुग्नेबित्तिकै उनको काम सुरु हुन्छ र सकिन्छ । पाण्डे विमानस्थलमा भएका सबै माथिल्ला कर्मचारीको अनुगमन पनि गर्दछन् र उनीहरुलाई आवश्यक सरुवा, बढुवा र मूल्यांकन पनि गर्दछन् । यसैगरी मन्त्री शेर्पाको आदेशमा महाप्रबन्धक कंशाकारले एमाले कार्यकर्ता राजु मिजार, बाबुराम थापा, सम्झना भण्डारीलगायतलाई तेस्रो तहमा नियुक्ति दिइसकेका छन् ।
एमाले सगरमाथा अञ्चलका नेता प्रकाश चौलागाईकी श्रीमती नानीमैया कार्की चौलागाईंलाई पनि उनले मंगलबार देखि लागू हुनेगरी नेपाल वायुसेवा निगममा नियुक्ति दिएका छन् । महाप्रबन्धकले आफ्ना नातेदार शैलेश कंशाकारलाई उपनिर्देशकमा बढुवा गरेको कुरालाई नेवानिभित्र खासै चर्चाको विषय बनाइएको छैन किनकि मन्त्रीका पचास भर्ती गर्दा आफ्नो एक जना नातेदारलाई बढुवा गर्नु ठूलो कमजोरी होइन ।
नेपाल वायुसेवा निगमभित्र वरिष्ठ र इमान्दार कर्मचारीहरु आफ्नो पूर्व जागिरे थलोमा मन्त्री कृपासुरले अनुभवकै आधारमा भष्मासुरहरु खटाएको चर्चा गर्न थालेका छन् । नेपाल वायुसेवा निगममा भएको पछिल्लो पचासौंको सामूहिक भर्तीलाई सार्वजनिक लेखा समितिले पनि अध्ययन गरिसकेको समाचारस्रोतले बताएको समाचार जनादेश साप्ताहिकले लेखेको छ ।
प्रतिक्रिया