‘ब्वायफ्रेन्ड नभएकाले’ कोमल वलीको भिसा रिजेक्ट !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार १६:०१

KomalOli

काठमाडौँ, २ भाद्र  । 

गायिका कोमल वलीलाई अमेरिकाले फेरि पनि भिसा दिएन । यसअघि पटक–पटक ‘रिजेक्ट’ भएकी कोमल अहिले कडा भएकी छिन् । यसअघि तीनपटकसम्म उनलाई अमेरिकी दूतावासले भिसा दिएको रहेनछ ।

यसपटक तिज विशेष कार्यक्रमका लागि कोमल अमेरिका जाने योजना रहेछ । तर, के गर्नु, अमेरिकी दूतावासले उनलाई भिसै दिएन । भिसाका लागि अमेरिकी दूतावासमा पुगेकी उनलाई अन्तर्वार्तामा सोधिएछ– बिहे भएको छ ? उनले उत्तर दिइछन्, ‘छैन ।’ फेरि उनलाई सोधिएछ– ब्वायफ्रेन्ड छ ? कोमलले उत्तर दिइन् रे– ‘छैन ।’

प्रेमी पनि छैन, अनि यो उमेरसम्म बिहे पनि नगरेकी कोमल फेरि अमेरिका जानबाट वञ्चित भइन् । अमेरिकी दूतावासमा अन्तर्वार्ताकारको आशंका थियो होला– कोही नभएपछि कसका लागि फेरि कोमल देश फर्किलिन् ? अब फेरि भिसाको चक्कर लगाउनुभन्दा बरु बिहेबारीतिर लाग्ने पो हो कि कोमलजी ? बिहे नगरिहाले पनि ब्वायफ्रेन्ड बनाउँदैमा भिसा दिन्छ भने त किन पछि हट्ने होइन त ?

नयाँ पत्रिका

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१