आन्दोलनका क्रममा संचारकर्मीमाथी कुटपिट र संचारगृहलाई धम्कि

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०९:५१

chotनृप रावल,धनगढी, २ भाद्र  ।
आन्दोलनका क्रममा संचारकर्मीमाथी कुटपिट र संचारगृहलाई धर्कि दिएको घटना प्रति नेपाल पत्रकार महासंघ कैलाली शाखाले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष भरत शाहद्धारा जारी विज्ञाप्ती कैलालीमा भईरहेका दुईपक्षिय आन्दोलनमा संचारकर्मी र संचारमाध्यम माथी भएको ज्याजतीप्रति आपत्ति जनाईएको हो । साउन ३२ गते समाचार संकलनको लागि क्याम्पसचोक गइरहेका रेडियो धनगढीका समाचार प्रमुख नृप रावल र पश्चिम टुडेका पासाङ ठकुल्लालाई अखण्ड पक्षधरहरूले सेती अञ्चल प्रहरी कार्यालय अगाडी मोटरसाईकल नियन्त्रणमा लिएर गालीगलौज गरेको विज्ञाप्तीमा उल्लेख छ । यस्तै।।साउन ३२ गते नै घोडाघोडी एफएमका स्टेशन म्यानेजर हरेन्द्र चौधरी र समाचार प्रमुख निलमकुमार चौधरीलाई विरोध सभाबाट समाचार संकलन गरी फर्किने क्रममा चौराहमा अखण्ड सुदूरपश्चिम पक्षधरहरूले कुटपिट गर्नुका साथै उनीहरू चढेको मोरसाईकल तोडफोड गरिएको छ । यस्तै, समाचार संकलनका लागि गएका नेपाल टेलिभिजन टीकापुर संवाददाता महेन्द्र भण्डारीलाई थरूहटका कार्यकर्ताले गालिगलौज गर्दै क्यामेरा तोडफोड गर्ने धम्की दिएका थिए, यी सबै घटनाको पत्रकार महासंघले घोर भत्र्सना गरेको छ ।
यसैबिच यसैगरी, २९ गते थरुहट(थारुवान संघर्ष समितिले गरेको एक सभामा थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरी, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारू लगायतले धनगढीबाट प्रकाशन हुने धनगढी पोष्ट दैनिक र दिनेश एफएमलाई सार्वजनिक रूपमा ‘हाम्रो अनुकुल समाचार नछाप्ने, नभन्ने सञ्चार माध्यमलाई ठिक पार्ने’ धाकधम्की दिएको, विज्ञाप्तीमा लेखिएको छ । विज्ञाप्तीमा अगाडी भनिएको छ, नेपाल पत्रकार महासंघ कैलाली यी सबै घटनाको घोर भत्र्सना गर्दछ । लोकतन्त्रमा हरेकलाई शान्तिपूर्ण रूपमा आन्दोलन गर्न पाउने, माग राख्न पाउने अधिकार छ । त्यस्तै, जनतालाई सुसूचित हुने संवैधानिक अधिकार हो, हरेक नागरिकका अधिकारको सम्मान गर्नुपर्दछ । आफूअनुकुल समाचार नआएका कारण अरुमाथि धाकधम्की दिने, कुटपिट गर्ने, आक्रमण गर्ने प्रवृत्तिले लोकतान्त्रिक मूल्यमान्यता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गरेको महासंघ ठान्दछ । महासंघका अध्यक्ष भरत शाहद्धारा हस्ताक्षेरित विज्ञाप्तीमा उल्लेख छ । साथै आगामी दिनमा यस्ता प्रवृत्ति नदोहो¥याउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न नेपाल पत्रकार महासंघ कैलाली सम्वद्ध पक्षसँग जोडदार आह्वान गर्दछ विज्ञाप्तीमा भनिएको छ ।

यसैबिच थरुहटको कार्यक्रममा दिएको लाञ्छनायुक्त अभिव्यक्तिप्रति कैलालीका १२ सामाजिक संघ–संस्थाको ध्यानाकर्षण भएको छ । थरुहट संघर्ष समितीले साउन ३२ गते धनगढीमा गरेको विरोध सभामा वक्ताहरुले दिएको लाञ्छनायुक्त अभिव्यक्ती प्रति कानुनी व्यवसायी, अधिकारकर्मी, नागरिक समाज र पत्रकार महासंघ लगायत १२ संस्थाको ध्यानाकर्षण भएको जनाईएको छ । १२ वटै संस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञाप्तीमा अगाडी भनिएको छ, मानवअधिकार सम्बद्ध संघसंस्था, उद्योग वाणिज्य संघ र पत्रकार महासंघले निष्पक्ष भएर आ–आफ्नो भुमिका निर्वाह गरेको भएतापनि आन्दोलनरत् पक्षले मानव अधिकारकर्मी र संचारमाध्यम प्रति आक्षेप लगाउने कार्यको विरोध गर्दछौं । पत्रकार महासंघका अध्यक्ष भरत शाह, गैरसरकारी संस्था महासंघका अध्यक्ष हेमकर्ण विक, अधिवत्ता शिव चरण चौधरी, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष शकर बोगडी, कैलाली बारका उपाध्यक्ष राजेन्द्र बहादुर साउद, दलित महिला अधिकार मञ्चका अध्यक्ष सावित्रा घिमिरे, शान्ती र लोकतन्त्रका लागी नागरिक समाजका सचिव गम्भिर सिह ऐर, अधिवत्ता सुर्य बहादुर भण्डारी क्षेत्रि, मानव अधिकार परिषदका अध्यक्ष दिपेन्द्र बहादुर सिह, एड–जसका अध्यक्ष त्रिचा पनेरु, थारु नागरिक समाजका दिल बहादुर चौधरी र ईन्सेका सयोजक खडकराज जोशीद्धारा हस्तक्षरित विज्ञाप्तीमा, अखण्ड सुदूरपश्चिम पक्षधरले समेत साउन ३१ गते बेलुका भएको सम्झौता विपरीत थरुहटको कार्यक्रममा सहभागी हुन आएका ट्रयाक्टर रोकेर सहमति विपरीत कार्य गरेकोमा आपत्ति आपत्ती जनाईएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१