सौराहामा पर्यटक आगमन बढ्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०७:४०

sauraha-358x300चितवन । भूकम्पका कारण शून्य बनेको चितवन सौराहाको पर्यटन व्यवसायमा विस्तारै असर कम हुँदै जान थालेको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अनुसार क्रमशः पर्यटकको आगमन बढ्न थालेकाले असर कम हुँदै गएको छ ।
“युरोपियन पर्यटक र आन्तरिक पर्यटक बढ्न थालेका छन्, दिनमा डेढ, दुई सय बढी पर्यटक आउने गरेका छन्”, सङ्घका महासचिव राममणि खनालले भने । केही प्रतिशत पर्यटक बढे पनि सोचेअनुसार अझै हुन नसकेको उनले बताए ।
भूकम्पपछि पर्यटक आ–आफ्नै देश फर्किएको र आउने पर्यटकले समेत ‘बुकिङ’ रद्द गरेकाले सौराहाका होटल व्यवसाय नराम्ररी प्रभावित भएको थियो । जसका कारण यहाँका ६० प्रतिशत बढी कर्मचारी बिदामा गएका छन् ।
होटल पार्क छेउका सञ्चालक शीरलाल परियार भूकम्पले पारेको असर कम हुन अझै केही महिना लाग्ने भए पनि पर्यटकको आगमन भने सुरु भएको बताउछन् ।
चितवनको सौराहामा करिब १०० को हाराहारीमा सुविधायुक्त होटल छन् । दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । साठीभन्दा बढी रेस्टुराँ र १०० साना पर्यटन व्यवसाय सञ्चालित छ ।
सौराहामा हात्तीमाथि चढेर निकुञ्जका वन्यजन्तु बाघ गैँडा, अवलोकन गर्न, निकुञ्ज घुम्न, थारु संस्कृतिमा रमाउन पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर २, २०८१