लिभरपुल विजयी बर्नमाउथ १–० ले पराजित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०७:३१

benteke

काठमाडौं ।

इङ्लिस प्रियिमर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई १–० ले पराजित गरेको छ ।

आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन क्रिश्चियन बेन्टेकेले २६ औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुल प्रियिमर लिगको अंक तालिकामा दुई खेलबाट ६ अंक बटुल्दै तेस्रो स्थानमाउक्लिएको छ ।

समान ६/६ अंक जोडेका म्यानचेस्टर सिटी र लेष्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । उता प्रियिमर लिगको नवप्रवेशी क्लव बर्नमाउथ भने सुरुवाती दुई खेलपछि अंकविहीन रहँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१