बजरंगी भाइजान हेरेपछि सलमान खानलाई क्याट्रिनाको एसएमएस

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२ भाद्र २०७२, बुधबार ०६:०६

एजेन्सी ।
बलिउडका सुपरस्टार अभिनेता सलमान खान र क्याट्रिना कैफबीचको प्रेम सम्बन्ध पुरानो विषय भैसक्यो । अहिले क्याट्रिना रणबीर कपुरसँग विवाह गर्ने तयारीमा छिन् ।
सलमान र क्याट्रिनाको विषयमा हेडलाइन बन्न भने अझै छोडेको छैन । सलमान खानको रेकर्ड ब्रेकर बजरंगी भाइजान नहेरेको भनेर क्याट्रिनाको विषयमा लामो समय सम्म हेडलाइन समाचार बने । तर अव भने उनले बजरंगी भाइजान हेरेर सलमानलाई पठाएको एसएमएस हेडलाइन बनिरहेको छ ।
सलमानको यो फिल्म हेरेपछि क्याट्रिनाले सलमानलाई एसएमएस पठाएर बधाइ दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
यो एसएमएसले सलमान र क्याट्रिनाबीचको सम्बन्ध अझै पनि नटुटेको पुष्टी समेत गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१