यस्तो छ वल्र्ड कपमा ब्राजिलका १० लाख यौनकर्मीको तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार १५:२०

 स्थानीय वासिन्दाका अनुसार बेलो होरिजोन्टे संसारकै बार क्यापिटलको रुपमा चिनिएको शहर हो । ब्राजिलको तेस्रो ठूलो शहर रहेको यस ठाउँमा पचास लाख मानिसहरु छन्, जहाँ खानपानको व्यवस्थाको लागि १२ हजार भन्दा बढी ठाउँहरु छन् । बेलोमा २३ वटा वेश्यालय छन् । स्थानीयले त्यसलाई जोनाज भन्छन् । पसलहरुको बीचमा सूर्यको किरण पनि मुस्किलले पर्ने त्यस्ता साँघुरा ठाउँमा छन् वेश्यालयहरु ।

त्यहाँ काम गर्ने दुई हजार बढि यौनकर्मीहरुको मुख्य ध्यान भनेको कसरी धेरै रकम आर्जन गर्ने भन्ने छ । एउटा सेमिफाइनलसहित ६ वटा खेल हुने मिनेरियाओ स्टेडियम नजिकैको भएकोले त्यहाँ खेल हेर्नको लागि विदेशीहरुको उल्लेख्य उपस्थिति हुन अपेक्षा छ यौनकर्मीहरुको । साथै सोही मौकामा आफ्नो व्यवसाय फस्टाउने उपाय रच्दैछन् उनीहरु । स्वदेशीभन्दा विदेशीबाट बढि कमाउन सकिने भएकोले उनीहरुको ध्यान उनीहरुतर्फै छ । वेश्यालयका भित्ताहरुमा कामुक, उत्तेजक तस्बिरहरु टाँसिएका छन् । तीनै वेश्यालयहरुमा काम गर्ने एक महिला यौनकर्मीले आफ्नो बाध्यता यसरी सुनाइन् । ‘म पहिले उद्योगमा काम गर्थेँ, भर्खरै बच्चा जन्माएको थिएँ । घर परिवार चलाउनै थियो । घरमा अरुले बच्चा हेरिदिएनन् । बच्चाको स्याहार सुसार र काम सँगै गर्न सक्ने कुरा भएन । त्यसपछि बच्चा निदाएको बेलामा यौन व्यवसाय गर्न थालेँ ।’ उनका दुई दिदीबहिनीको उमेर ३० वर्षको सेरोफेरोमा छ । सुरुमा बोल्न हिच्किचाए पनि पछि उनीहरु खुलेर बोले र भने ‘यहाँ काम गर्न पाएपछि हामी चाहेका खान, चाहेको लगाउन पाएका छौँ ।त्यसैले हामी यो गरिरहेका छौँ । हामी यहाँ रहरले आएका होइनौँ । हाम्रा बाध्यताहरुले यसलाई पेशाको रुपमा अगाडि बढाउन सहयोग गर्यो । यदि जुन पेशा गरिन्छ भने पनि त्यसलाई सम्मान गर्नुपर्छ । हामीलाई छिछि र दुरदुर गर्नेहरु पनि नभएका होएनन् । तर इमान्दारीपूर्वक भन्ने हो भने यौन आनन्द पनि दिन्छ । हामीलाई कसैले नराम्रो नजरले हेर्दा पनि हामी वास्ता गर्दैनौँ । कतिपयले त हामी यौनकर्मी हो भन्दा पनि पत्याउँदैनन् । हामीले यहाँ हरेक दिन कोठाको भाडा ३५ यूरो तिर्नुपर्छ । त्यसैले कतिपयले आफ्नै कोठ लिएर बसेका छन् । तर त्यो खतरायुक्त पनि छ ।’ दुवैतर्फबाट फुत्त निस्कन मिल्ने किसिमका नाङ्गो प्लास्टर भएका भुईँसहितका कोठामा युवतीहरु लडिरहेका हुन्छन् । टिनएजकै जस्ती देखिने एक युवतीले किशोरीले भनिन्, यो दुर्लभ तर कहिलेकाहीँ बलात्कार जस्तै हो ।’ ती वेश्यालयहरुमा हत्या पनि हुन्छन् । गत वर्ष मात्र एक व्यक्तिले आफ्नी प्रेमिका यौनव्यवसायमा लागेको भन्दै त्यहीँ छुरी प्रहार गरेर मारे । यति हुँदाहुँदै पनि महिलाहरु खतरा मोलेरै यौन व्यवसाय गरिरहेका छन् । तथ्याङकअनुसार ब्राजिलमा एक करोड ३० लाख जनसंख्या खाद्यान्नको अभाव झेलिरहेको छ । कुल जनसंख्याको १० प्रतिशत अशिक्षित छ । गतवर्ष मात्र त्यहाँ झण्डै ४३ हजारको हत्या भयो । ब्राजिलमा आजभन्दा १४ वर्ष पहिले यौन व्यवसायलाई कानुनी मान्यता दिइयो । अहिले त्यहाँ १० लाख भन्दा बढी यौनकर्मीहरु छन् । विश्वकप सुरु हुन १० दिन पनि नरहेको अवस्थामा त्यहाँका यौनकर्मीहरुले कसरी विदेशीहरुलाई अफर गर्ने भनेर अंग्रेजी भाषासमेत सिकिरहेका छन् । यौनकर्मीहरुले अहिलेको विश्वकपमा क्रेडिटकार्डबाट समेत पैसा तिर्न सकिने व्यवस्था मिलाएका एक यौनकर्मी सिडा भियराले बताइन् । भियरा ३० वर्षकी भइन् । उनकी छोरी पनि छिन् । तर उनी विना हिचकिचावट यौन व्यवसाय गर्छिन् । भन्छिन् ‘मलाई कुनै लाज छैन । म सबैकुरा खुलस्त भन्न सक्छु । म यो पेशामा लागेर पनि धेरै खुसी छु । यत्ति हो म जे मा भएपनि सफल व्यवसायी बन्न चाहन्छु ।’ यो विश्वकपमा तीस देखि ७० लाखसम्म विदेशी पर्यटक भित्रिने अनुमान गरिएको छ । ब्राजिलका मुख्यमुख्य शहरदेखि वेश्यालयहरु सजिएका छन् । अहिले ब्राजिलमा यौनकर्मीहरुले सहि ढंगले व्यवसाय अगाडि बढाउन पाउनुको सट्टा दमन सहनु परेको भन्दै महिलाअधिकारकर्मी र पूर्व यौनकर्मीहरुले समेत आवाज उठाउन थालेका छन् । बेलो होरिजोन्टेमा मात्र दुई हजार महिला यौनव्यवसाय गर्छन् । धेरैले सडकमै आएर यौनसम्पर्कको लागि आग्रह गर्छन् । एजेन्सी, इन्डिपेन्डेन्टबाट s ource : onsnews 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज २४, २०८१