बलिउडमा धेरै अफेयरमा रहेर चर्चामा रहने ६ चर्चित नायीकाहरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७२, मंगलवार ०७:५१

bollywood_actress_who_dated_many

दीपिका पादुकोन: आजकलकी सफल नायीका दीपिका अफेयर कयौंसंग चल्यो। फिल्ममा काम गर्न बलिउड छिरेका बेला उनको अफेयर निहार पाण्डेसंग थियो। उनी एक मोडल थिए। एकै वर्षपछी उनका प्रेमी रणबीर कुपर बने। यो सम्वन्ध केही समय चल्यो पनि। तर केही वर्षपछि यो सम्वन्ध पनि बिग्रियो। दीपिकाको अफेयर बिजनेसम्यान बिजय माल्याका छोरा सिद्धार्थ माल्यासंग चल्यो। दीपिकाको अफेयरको क्रम त्यही भने रोकिएन। ‘रामलीला’का शुटिङको समयमा उनको अफेयर अर्का नायक रणबीर सिंहसंग चल्यो। जुन हालसम्म पनि चलेको बताइन्छ।

ऐश्वर्या राय बच्चन :सुन्दर बलिउड नायीका ऐश्वर्या रायको अफेयर एक दुइ होइन् धेरै जनासंग चलेको बताइन्छ। बलिउडमा आएको दइ वर्षमै उनको अफेयर सलमान खानसंग थियो। सलमानले खराब व्यवहार गरेपछी उनको नाम विवके ओबरायसंग जोडियो। तर विवेकसंग पनि उनको जोडी जम्म सकेन्। त्यसपछि उनी अभिशेख बच्चनसंग अफेयर चल्यो र उनैसंग विवाह पनि भयो। सलमान भन्दा अघि एश्वर्या रायको अफेयर अक्षय खन्नासंग चलेको बताइन्छ। उनका केही अफेयर मिडियामा सार्वजनिक नभएका पनि हुनसक्ने अनुमान छ ।

करीना कपुर: हाल सैफ अलि खानससंग विवाह गरिसकेकी नायीका करीना कपुरका पनि कयौं अफेयर थिए। यी मध्य केही त आज पनि उत्तिकै चर्चित छन्। करिनाको पहिलो अफेयर ऋतिक रोशनसंग चलेको थियो। विविधकारणले चलचित्र ‘कहो ना प्यार हे’बाट करीनालाई निकालेर अमिशा पटेललाई राखिएपछी ऋतिकसँगको उनको सम्वन्ध टुट्यो। करिना त्यसपछी जोडिइन नायीका फरदिन खानसंग। तर यो सम्वन्ध पनि लामो टिकेनन्। त्यसपछि करिनाको अफेयर चल्यो शाहिद कपुरसंग चल्यो। यो निकै लामो समयसम्म पनि चल्यो। शाहिदसंग ब्रेकअप भएपछि उनको अफेयर चलेको थियो नायक सैफअलि खानसंग। करीनाले महिनौं डेटिङपछी सैफसंग विवाह गरेकी थिइन्

विपाशा बासु: बलिउडमा बिल्लो रानीको नामबाट चर्चित बिपास बासु ‘सिरियल डेटर’ मानिन्छन्। चर्चामा आएको पहिलो अफेयर नायक डिनो मोरियोसंगको थियो। तर त्यो सम्वन्ध लामो समय टिकेन। त्यसपछी लामो समय उनी नायका जोन अब्राहमसंग अफेयरमा रहिन् । जोनसंग सम्वन्द टुटेपछी उनको नाम कयौं नायकसंग जोडिए। हाल बिपासाको अफेयर हरमान बावेजासंग रहेको छ। बिपासाले करिब आधा दर्जन अफेयर चलाइसकेकी छिन्।

lara dutta
सुष्मिता सेन: नायीका सुष्मिता सेनको ब्वाईफ्रेन्डको लिस्ट पनि न निकै लामो छ। सन १९९४ मा मिस युनिभर्स बनेकी सुष्मिताको नाम निर्देशक बिक्रम भट्ट, मुदस्सर अजीजसंग जोडिएको थियो। त्यसपछी उनको अफेयर लामो समयसम्म नायक रणदीप हुड्डासंग चल्यो। यसका साथै उनको अफेयर बिजनेसम्यान इम्तियाज खत्री चल्यो। पाकिस्तानी क्रिकेटर असिम वक्रमसंग पनि सुष्मिताताको अफेयर चलेको बताइनछ। उनको नाम एक डाक्टर फरहाद तारापोरवालसंग पनि जोडएकको थियो। उनी ब्वाईफ्रेण्ड फेरिरहने नायीका पर्दछिन्।

 

लारा दत्ता: नायीका लारा दत्ता पनि आफ्ना अफेयरका लागि निकै चर्चित रहिन्। लारा लामो समयसम्म केली दोर्जीसंग लिभ इन रिलेसनसिपमा थिइन्। त्यसपछी उनको अफेयर चल्यो नायक डिनो मोरियोसंग। तर डिनोसंग पनि लारा लामो समयसम्न जम्म सकिनन्। लाराको अफेयर टेनिस खेलाडी महेश भुपतीसंग चल्यो। भुपतीसंगै उनले विवाह पनि गरिन्।

 

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१