दिवस पोख्रेल ।
लामो समयको जनयुद्धबाट गतिलिन थालेको पर्यटन व्यवसाय बैशाख १२ मा गएको महाभूकम्प पछि थला परेको छ । पर्यटन क्षेत्रमा देखिएको मन्दी केही महिनाका लागि लम्बिने संकेत सँगसँगै ‘अब के गर्ने रु’ भन्ने सोचाइमा पर्यटन व्यवसायीहरुको चासो बढेको छ । नेपाललाई सुरक्षित गन्तव्य भनेर प्रचार गरिएता पनि अमेरिका, बेलायत, जर्मनी, स्वीडेन, फ्रान्स लगायतका राष्ट्रका नागरिकहरु यहाँ सुरक्षित नभएको बताउँछन् ।
महाभूकम्प र त्यसपछिको पराकम्पन्नले नेपाल भित्र नै असुरक्षित भएको अवस्थामा विदेशी पर्यटकहरुलाई नेपाल सुरक्षित गन्तव्य भन्न सक्ने अवस्था नभएको विचार ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल९टान०का अध्यक्ष रमेशप्रसाद धमलाले सार्वजनिक कार्यक्रममा व्यक्त गरिसकेका छन् । उनको विचारमा नेपालको पर्यटनलाई छिमेकी राष्ट्रका टुर अपरेटरहरुले अन्य गन्तव्य तर्फ मोड्न खोजिएको प्रष्ट पारेका छन् ।
‘भारत र चीन बीच हालसालै धेरै खाले सम्झौता भएका छन्, नेपालको भूमि भएर कौलाश मानसरोवर जानलाई रोक लगाइएको छ’, अध्यक्ष धमलाले भने, ‘नेपालको विषयमा कुरा उठाइदैन यस विषयमा गम्भीर हनु जरुरी भएको छ ।’
नेपालको पर्यटनलाई सुरक्षित गन्तव्यका रुपमा प्रचार–प्रसार गर्न तम्सिएका राजनीतिक पार्टीका कार्यकर्ताहरुले ८ असारमा बसन्तपुरबाट शान्ति ¥याली निकालेर विदेशमा सकारात्मक सन्देश पु¥याउने सोचप्रति पर्यटन व्यवसायीहरु नै विस्वस्त देखिंदैनन् ।
काठमाडौं, ललितपुर र भक्तपुरलाई अति नै संकटग्रस्त जिल्लाको रुपमा राखेर असार १० मा सम्पन्न हुन गइरहेको दाता सम्मेलनमा माग्ने कार्यप्रति चनाखो बनेको वर्तमान सरकारलाई पर्यटनमा असर पर्ने प्रति हेक्का देखिंदैन । सरकारलाई पर्यटनबाट हुने आम्दानी भन्दा विदेशी राष्ट्रसँग हात फैल्याएर प्राप्त हुने रकम दोब्वर हुने आंकलन छ । तीन जिल्लालाई संकटग्रस्त जिल्लाको रुपमा राखिदा पर्यटन व्यवसायीमा असर पुग्ने धारणा राखेका पर्यटन व्यवसायीहरुलाई पर्यटन मन्त्रालयले समेत साथ छोडिदिएको छ ।
मन्त्रालयका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै संकटग्रस्त घोषणाका कारण पर्यटन व्यवसायमा कुनै किसिमको असर नपर्ने जानकारी गराएपछि व्यवसायीहरु बसन्तपुरबाट ¥याली निकालेर नाटक गर्न थालेको विचार व्यक्त गर्दछन् सगरमाथा आरोही नुर्पु लामा ।
सकारात्मक सोचबाट मात्र पर्यटन व्यवसायलाई स्थायित्व दिन सकिन्छ भन्ने अवधारणामा अगाडि बढेको नेपालको पर्यटन व्यवसायलाई विदेशी पर्यटकहरुले बुझ्न सकेका छैनन् ।
विदेशी च्यानल बिबिसी, नेशनल जोग्राफी, डिस्कभरी, आज तक, अल जजिरा आदि जस्ता च्यानलहरुले नेपाल सम्बन्धमा प्रसारण गर्ने दर्दानक दृश्यहरुका कारण विदेशी पर्यटक नेपाल भ्रमणका लागि सय पटक सोच्नु पर्ने अवस्था आउँदछ । ती च्यानलहरुले प्रसारण गर्ने दृश्यलाई नेपाल सरकारले रोक्न सक्ने अवस्था छैन । यदि नेपालको पर्यटन सुरक्षित छ भन्ने संन्देश प्रवाह गर्ने होभने तिनै च्यानलहरु मार्फत नेपाल घुम्न योग्य ठाउँ रहेको प्रमाणित गराउन सक्नु पर्दछ । काठमाडौंमा बसेर नेपाल सुरक्षित छ भन्ने विषयमा विदेशीहरुलाई आस्वस्त बनाउन सकिंदैन ।
नेपालमा लामो समयदेखि पर्यटन व्यवसाय संचालन गर्दै आएका पर्यटन व्यवसायीहरु विकल्पको खोजिमा देखिएका छन् । नेपालमा एक वर्षसम्म पर्यटन व्यवसायले गति लिन नसक्ने अवस्था भएका कारण विदेश पलायन हुने मनस्थितिमा देखिएका छन् । विशेष गरी ठमेलमा घर भाडामा लिएर होटल संचालन गर्दै आएका व्यवसायीहरु विदेश गएर लगानी गर्दा सुरक्षित हुने विचार व्यक्त गर्न थालेका छन् ।
टानका पूर्व महासचिव समेत भइसकेका नाम उल्लेख गर्न नचाहने व्यवसायीका अनुसार वार्षिक लाखौं रुपैंया खर्च गरेर विदेशी पर्यटकको प्रतिक्षा गर्ने अवस्था नरहेको बताउँछन् । उनका अनुसार होटल संचालनका लागि मासिक १५ लाख खर्च हुने गर्दछ । ‘बैशाखको मध्यदेखि पर्यटकको अनुहार देख्न पाइएको छैन, यो समस्या कति दिन लम्बिने हो भन्न सक्ने अवस्था छैन’, उनी बताउँछन्, ‘ट्रेकिङ्ग कम्पनीका कर्मचारीहरुलाई छुट्टि दिन सकिन्छ तर होटलका कर्मचारीहरुलाई यो अवस्था रहेन ।’
उनी जस्तै ठमेलमा व्यवसाय गरेर बसेका अन्य व्यवसायीहरुको विचारमा दीगोपन देखिंदैन । पर्यटन व्यवसायमा आएको मन्दी सँगसँगै यसमा आश्रित अन्य व्यवसायको अवस्था समेत नाजुक बन्दै गएको छ । काठमाडौ उपत्यका बाहिर होम स्टे संचालन गर्दै आएका होटल व्यवसायीहरु आफ्नो होटल सुरक्षित भएको प्रचार–प्रसार गर्नका लागि पत्रकारहरुलाई स्थलगत भ्रमणका लागि लैजाने सोचमा छन् ।
नेपाल सरकारले नै संकटग्रस्त क्षेत्र, पुननिमार्णका लागि विदेशी सहायोग, राजनीतिक भागबण्डा आदि जस्ता कृयाकलापलाई अगाडि सारेको बेला नेपालको तर्फबाट आन्तरिक रुपमा सुरक्षितको संदेश प्रवाह भनेको मनलाई सन्तुष्टि मात्र हो ।
नेपालमा वर्षाले पार्ने असर सम्बन्धमा भूगर्भ विद्हरु नै भूकम्पीय क्षेत्रमा कस्तो किसिमको क्षति हुनेहो भन्ने विषयमा किटानका साथ भन्न सक्ने अवस्थामा देखिंदैनन् । नेपालको सगरमाथा, अन्नपूर्ण, मकालु आदि क्षेत्रको पदयात्रामार्ग सुरक्षित भएको बताइरहेको बेला वर्षा पछि हुने क्षतिका विषयमा भने मौन देखिन्छ ।
यस विषयमा बोलेर हल्का हुनु भन्दा वर्षाको समय सकिएपछि प्रचार–प्रसारलाई व्यापकता दिंदा बुद्धिमानी हुने जानकारहरु बताउँदछन् । वर्षाले गर्ने असरका समयमा नेपालले कुनै किसिकको विपत्ति सामना गर्न नपरोस् । यदि सो भएमा नेपालको पर्यटन व्यवसायमा झनै नकारात्मक संन्देश प्रवाह हुने निश्चित छ ।
पदमार्गमा क्षति नभएता पनि धाजा फाटेको र पहिरोको जोखिमलाई काठमाडौंमा बसेर ती स्थानका पदमार्ग तथा संकटग्रस्त घोषणा गरिएको ठाउँलाई सुरक्षित भन्नु नेपालीलाई चित्त बुझाउन सकिएला तर विदेशीलाई भने पक्कै गाह्रोको विषय बनेको छ ।
प्रतिक्रिया