उपत्यकामा १२ महिनामा ३६ को हत्या भएको तथ्यांक सार्वजनिक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७२, मंगलवार ०६:३२

hatyaकाठमाडौ,१ भाद्र । यसवर्ष काठमाडौ उपत्यकाका काठमाडौ, ललितपुर र भक्तपुरमा प्रत्येक महिना औसतमा ३ जनाको हत्या भएको तथ्यांक सार्वजनिक भएको छ । महानगरीय प्रहरी आयुक्त कार्यालयले सार्वजनिक गरेको हत्या सम्बन्धी विवरणले उक्त तथ्यांक खुलाएको हो ।युक्त कार्यालयले सार्वजनिक गरेको तथ्यांकनमा गतवर्ष साउनदेखि यस वर्षको असारसम्मको विवरणअनुसार १२ महिनामा उपत्यकामा ३६ जनाको हत्या भएको छ । असोज, साउन र चैतमा सबैभन्दा धेरै हत्या भएको नागरिक दैनिकमा खबर छ । कार्यालयको तथ्यांकअनुसार असोजमा ७ जनाको हत्या भएको थियो भने साउन र चैतमा ४(४ जना मारिएका छन् । उपत्यकामा भएको हत्यामध्ये एक जनाको अझै पहिचान हुन सकेको छैन ।
भूकम्पको मौका छोपेर जेठ १८ मा नरेफाँटमा सुटकेसमा एक युवकको शव फेला परेको थियो । शवको अनुहारका आधारमा मंगोलियन युवक भएको आशंका गर्दौ प्रहरीले मृतकको सम्भावित स्केच सार्वजनिक गरेको थियो । महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरीको केन्द्रीय अनुसन्धान गरिरहेका भए पनि अहिलेसम्म न मृतकको पहिचान हुन सकेको छ न हत्यामा संलग्नको नै । उपत्यकामा ६ वर्षयता भएका हत्यामध्ये यो सबैभन्दा क्रुर मानिएको छ । प्रहरीले एउटा सुटकेशमा टाउको लगायत शवका टुक्रा र अर्को सुटकेशमा शरिका अन्यभाग फला परेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक ३०, २०८१