यु-१९ साफ च्याम्पियनसिप फुटबल बिहीबारदेखि काठमाडौंमा हुँदै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ भाद्र २०७२, मंगलवार ०६:२७

काठमाडौं, १ भाद्र  । यही भदौ ३ गते बिहीबारदेखि काठमाडौंमा सुरु हुने पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले तयारी लगभग सकिएको जनाउँदै प्रतियोगिता व्यवस्थित हुने बताएको छ । प्रतियोगिता हेर्नका लागि एन्फा प्रवक्ता ईन्द्रमान तुलाधरले पाँच हजार दर्शक अट्ने भन्दै तीन सय र दुई सयका दुई थरी टिकट हुने जानकारी दिए ।

नेपाली टिमको तयारी पनि राम्रो रहेको मुख्य प्रशिक्षक बालगोपाल महर्जनले जनाएका छन् । नेपाली टोली चर्चित स्ट्राइकर बिमल घर्तीमगरको नेतृत्वमा मैदानमा उत्रदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१