विज्ञहरुका अनुसार यो कुखुरो दुर्लभ प्रजातिमा पर्छ । यो शुरुमा इन्डोनेशियामा फेला परेको थियो । तर सन् १९८८ मा युरोपमा समेत यसको निर्यात भयो र उत्पादन हुन थाल्यो ।
फरक देखिने र मासुको रंग समेत फरक भएका कारण यसको माग बढ्दै गएको छ । सन् २०१३ मा अमेरिकाको फ्लोरिडामा एउटा एयम सिम्यान २५०० डलर अर्थात २ लाख पचास हजारमा बिक्री भएको थियो ।
एयम सिम्यानको रंग पुरै कालो छ । यसका खुट्ट, नङ, छाला तथा हाड समेत काला हुन्छन् । यसका सन्तानका हाडहरु पनि उस्तै हु्छन् । यसको रगत भने कालो नभएर अलि गाडा रंगको हुन्छ ।
यसले क्रिम रंगको अण्डा दिन्छ । यो एयम सिम्यान इण्डोनेसियाली शब्दबाट राखिएको नाम हो । यसको अर्थ कालो रंग भन्ने हुन्छ ।
प्रतिक्रिया