काठमाडौँ ३२ साउन । संविधानसभाबाट नामांकन र सीमांकन विना संविधान जारी गर्ने प्रयास भए आफ्नो पार्टीका सभासदहरुले राजीनामा दिने भाषण गरेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द् महतोको अहिले वाक्य बसेको छ । अहिले उनी चुपचाप बस्न थालेका छन् । छुट्टै पार्टी खोल्ने तीन सभासद्ले धम्की दिएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभाबाट राजीनामा दिने धम्कीको भाषा बोल्न चटक्कै छाडेका छन् ।
२०७२ असार १ गते पार्टी कार्यालय मध्येबानेश्वरमा नामांकन र सीमांकन विनाको संविधान जारी भए संविधानसभाबाट आफ्नो पार्टीका सभासद्हरुले राजीनामा दिने धम्की महतोले दिएपछि उनलाई श्रीमती शैलदेवी महतोबाहेक तीन सभासद्ले आफूहरुले राजीनामा नदिने बरु छुट्टै पार्टी खोलने चेतावनी दिएको खुलासा भएको छ । महतोले करोडौ रुपैयाँ लिएर सभासद् बनाउने तर अहिले आएर राजीनामा दिने कुरा गरेपछि उनीहरु रुष्ट भएका थिए । पैसा तिररे सभासद भएकाहरुलाइ पार्टीकै लक्ष्मणलाल कर्णले साथ दिएका थिए ।
–साँघु साप्ताहिकबाट
प्रतिक्रिया