अजिन्क्य रहाणेले बनाए विश्व रेकर्ड

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ श्रावण २०७२, सोमबार ०७:४४

एजेन्सी । अाफ्नो ब्याटिङले भारतीय टिमको मिडिल अर्डरका भरपर्दा खेलाडी बनेका अजिन्क्य रहाणेले श्रीलंकाविरूद्दको खेलमाा विश्व रेकर्ड बनाएका छन् । रहाणे एउटै टेस्टमा सबैभन्दा धेरै क्याच(विकेटकिपरसँगै) लिने खेलाडी बनेका हुन् ।

रहाणेले गालेमा श्रीलंका विरूद्दको पहिलो टेस्ट म्याचमा जम्मा आठ क्याच लिए । जुन विश्व रेकर्ड बन्न पुग्यो । यस भन्दाअघि एक टेस्ट म्याचमा सबैभन्दा धेरै क्याचको रेकर्ड संयुक्तरूपमा पाँच खेलाडीको नाममा थियो ।

जसमा अस्ट्रेलियाका ग्रेग च्यापल, भारतका यजुवेन्द्र सिंह, श्रीलंकाका हसन तिलकरत्ने, न्यूजिल्यान्डका स्टिभन फ्लेमिङ्ग र अस्ट्रेलियाका म्याथ्यू हेडेनको नाममा थियो ।

च्यापलले सन् १९७४ मा पर्थमा इङ्ग्ल्यान्डविरूद्द एक म्याचमा सात क्याच लिएका थिए  । सन् १९७७ मा यजुवेन्द्र सिंह, १९९२ मा हसन तिलकरत्ने, १९९७ मा फ्लेमिङ्ग र २००४ मा हेडेनले एक म्याचमा सात क्याच लिएका थिए ।

रहाणेले श्रीलंकाको पहिलो पारीमा तीन र दूसरी पारीमा पाँच क्याच लिएका हुन् । यिनै क्याचका साथ रहाणेले एउटै टेस्टमा सर्वाधिक क्याच लिने विश्व रेकर्ड बनाएका हुन् । फोटो :श्रीलंकाविरूद्द विकेट लिएपछि खुसी हुँदै रहाणे । तस्बिर : एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१