पुरुषको गोप्य अंगबारे कलिउड नायिका प्रियंकाको जिज्ञासा…

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ श्रावण २०७२, सोमबार ०७:३८

Priyanka-Karki-Biographyकाठमाडौँ ।  नायिका प्रियंका कार्कीका लागि पनि यो नयाँ अनुभब हुनसक्दछ । दुई युवक र दुई युवतिलाई उनले खुलेरै केही प्रश्नहरुको जबाफ दिन आग्रह गरिन् । उनीहरुले पनि प्रियंकाको प्रश्नमा नलजाई जवाफ फर्काए । ‘लाईफ स्टाईल भिभासिटि’ म्यागेजिनको नयाँ अंकमा प्रियंकाले येस्तै रोचक प्रश्नहरु सोधेकी छिन् । समाजमा खुलेरै कुरा गर्न नसकिने बिषयमा प्रियंकाले चार युवती सँग प्रश्न तेर्स्याइन् । उनले महिला र पुरुषको गोप्य अँग र तिनको आकारले पार्ने प्रभाबको बारेमा कुरा गरिन् । उनको पहिलो प्रश्नले पुरुषको लिङ्गको आकारले कुनै असर गर्छ या गर्दैन भन्ने उत्सुकता बोलेको छ । यस्तै उनले महिलाहरुलाई सोधिन्, “वक्षस्थलको आकारले उसको प्रसिद्धिमा कुनै असर गर्छ या गर्दैन ?” यसमा सहभागी एक युवतिले महिलाको वक्षस्थलको बिषयलाई लिएर पुरुषहरुले मजाक गर्ने गरेको तर्क गरेकी छिन् । उनले पुरुषले महिलालाई यस्तो बिषयमा सम्मान गर्नु पर्ने जवाफ फर्काएकी छिन् ।
प्रियंकाको अर्को प्रश्न छ “आफ्नो गोप्य अंग ठुलो देखाउन पुरुषहरुले बिभिन्न साधनहरु प्रयोग गरेका हुन्छन्, के तपाईले यस्तो देख्नु या सुन्नु भएको छ ?” सहभागी पुरुषहरुले नेपालमा भन्दा पनि पस्चिमेली देसमा यस्तो घटना सुनेको जनाएका छन् । ‘अश्लिल चलचित्र हेरेर यस्ता सिनेमामा देखिने पात्रहरुले पनि युबा युबतिमा बिभिन्न खालका छाप छोडेका हुन्छन् । प्रियंकाले प्रश्न सोधेकी छिन्, यस्ता सिनेमाले गोप्य अंगको आकार बृद्धिको रुचिमा कस्तो असर पारेका हुन्छन् ? उनले सेक्सी शब्दको परिभाषा कोट्याउंदै गोप्य अंगको आकारले महिला र पुरुषलाई ‘सेक्सी’ भन्न मिल्छ या मिल्दैन भन्ने उत्सुकता पनि जनाएकी छिन् । यो स्तम्भले यतिबेला बजारमा राम्रै चर्चा पाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१