५४ यात्रु बोकेको जहाज पहाडमा दुर्घटनाग्रस्त

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३२ श्रावण २०७२, सोमबार ०७:२४

Trigana-Air-Service-ATR-72_292655207_487264925काठमाडौं । ४९ जना यात्रु र पाँचजना चालक दलका सदस्य बोकेको एउटा जहाज इन्डोनेसियाको पूर्वी पपुवा प्रान्तस्थित पहाडमा ठोक्किएर दुर्घटनाग्रस्त भएको छ । ५४ जना मानिस सवार त्रिगना एयरलाइन्सको जहाज आन्तरिक उडानका क्रममा आइतबार अपरान्ह पपुवा क्षेत्रको आकाशबाट वेपत्ता भएको थियो । पपुवा प्रान्तको राजधानीस्थित जयपुरा सेन्तानी एयरपोर्टबाट ओक्सिबिलका लागि उडेको जहाज पपुवा क्षेत्रको पहाडमा ठोक्किएर जलेको अवस्थामा स्थानीयबासीले फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । वेपत्ता जहाजको भग्नावशेष पपुवाकै अाेक्टाबे जिल्लास्थित पहाडमा गाउँलेले भेट्टाएका इन्डोनेसियाको परिबहन विभागका निर्देशक सुप्रासेट्योले पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । जहाज स्थानीय समय अनुसार २ बजेर २२ मिनेटमा पपुवाको राजधानी सेन्तानीस्थित एयरपोर्टको टावरको सम्पर्कमा थियो । २ बजेर ५५ मिनेटसमम्म सम्पर्कमा रहेको जहाज ३ बजेर १६ मिनेटमा ओक्सिबिल विमानस्थलमा उत्रने तालिका थियो । इन्डोनेसियन परिबहन मन्त्रालयका प्रवक्ता जेए बराताले जहाज अन्तिम समय २ बजेर ५५ मिनेटमा टावरसँगको सम्पर्कमा रहेको जनाएका छन् । उनका अनुसार जहाजलार्इ गाउँलेले अाेक्टाबे जिल्लाको पहाडमा खसेको देखेका हुन् । जहाज खसेको स्थानको माैसम खराब रहेकाले उद्दारमा समस्या भएको छ । उद्दार कार्य अाजलार्इ स्थगित गरिएको छ भने भोलि बिहानैबाट फेरि उद्दार थालिने प्रवक्ता बराताले जनाएका छन् । त्रिगाना एयरलाइन्सको सो जहाजजमा ४४ जना बयस्क यात्रु, ५ जना बालबालिका र ५ जना चालक दलका सदस्य रहेको पुष्टि रेस्क्यु सेन्टरका प्रमुख बामबाङ स्वेलेस्ट्योले गरेका छन् । यसअघि गत डिसेम्बरमा इन्डोनेसियाको सुराबायाबाट १६२ यात्रुसहित सिंगापुरका लागि उडेकाे एयर एसियाको जहाज पनि दुर्घटनामा परेको थियो । इन्डोनेसियामा हवार्इजहाजको उडान सुरक्षा चिन्ताको विषय बन्दै गएपछि त्यहाँको सरकारले सुरक्षा अवस्थाबारे समीक्षा गर्ने जनाएको थियो । गत जुलार्इमा पनि इन्डोनेसियन सेनाको जहाज देशको उत्तरी क्षेत्रमा दुर्घटनामा पर्दा एक सय जना मारिएका थिए । फोटो :एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख २५, २०८१