सय डलरको फोटो प्रतियोगिता

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ जेष्ठ २०७१, बुधबार १३:०४

मदनमणि अधिकारी/अष्ट्रेलिया ।  अष्ट्रेलियाको सिड्नीमा सक्रिय नेपाली फोटोपत्रकारहरुबाट सञ्चालित फोटोब्लग फोटोपत्रकारिताले विश्वभर छरिएर रहेका नेपालीहरुलाई लक्षित गरेर फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने भएको छ । विश्वभर छरिएर रहेका नेपालीहरुको दैनिकीलाई फोटोका रुपमा एकैठाउँ बनाउने उदेश्यले फोटो प्रतियोगिता गर्न लागिएको हो ।  फोटोपत्रकारिताका मदनमणि अधिकारीले विश्वका विभिन्न भूभागमा बस्ने नेपालीहरुको दृष्टिकोण र जिवनलाई एकैठाउँमा हेर्न सकिने बनाउनका लागि प्रतियोगिताको स्वरुप दिएको बताए ।
photo competition 2014
क्यामेरा र फोटोग्राफीमा बढिरहेको पहुँचलाई रचनात्मक बनाउन सहयोग पुगोस् भन्ने हिसाबले यो प्रतियोगिता गर्न लागिएको अधिकारीले बताए । उनका अनुसार नेपालीहरुको स्मार्टफोन र सामाजिक सञ्जाल प्रयोग साथै त्यसमा साझे (सेयर) गरिएका सामग्रीहरुको प्रवृति र प्रकृतिलाई अध्ययन गरेर यो प्रतियोगिता गर्न लागिएको हो । प्रतियोगितामासहभागीहरुले आफ्नो फोटोग्राफिक सेन्सलाई साथीभाई र आफन्तका बीच बाँढ्दै अष्ट्रेलियन डलर एकसय (नेपाली करिब १० हजार) पुरस्कारका रुपमा प्राप्त गर्नेछन् ।

प्रतियोगिताका लागि फोटो पठाउने मिती सन् २०१४ जुन ५ देखी १५ मध्यरात १२ बजे सम्म राखिएको छ । प्रतियोगले आफूले खिचेको कुनै पनि दुई फोटो र त्यसको क्याप्सन पठाउनुपर्ने छ । यसरी पठाएको फोटोहरु पठाइएका फोटोहर जुन २० देखी जुलाई १० गते सम्म फोटोपत्रकारिताडटकममा राखिने र सबैभन्दा धेरै हेरिएको एवं मन पराइएको फोटो नै पहिलो हुने व्यवस्था गरिएको छ । प्रतियोगितामा पठाउने फोटोको आधार २ एमबी भन्दा ठूलो हुनु हुँदैन भने क्यामेरा मात्र नभएर मोबाइलबाट खिचेको फोटो पनि पठाउन सकिन्छ ।

विजयी फोटो पठाउने सहभागीलाई पेपाल तथा वेष्टर्न युनियन मनी ट्रान्सफर मार्फत अष्ट्रेलियन डलर १०० (एकसय) प्रदान गरिने फोटोपत्रकारिता समुहले जानकारी दियो । प्रतियोगितामा पठाउने फोटोका लागि विशेष विधा र विषय तोकिएको छैन । ‘जो जहाँ हुनुहुन्छ त्यहाँ आफूले देखको कुरा सेयर गर्नुहुनेछ भन्ने हिसाबले प्रतियोगिताका लागि भूगोल, विधा र विषय नतोकिएको हो’ अधिकारीले भने ।

सम्पर्कका लागि मदनमणि अधिकारी (०६१)०४०६४९७७०७ मा फोन पनि गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१