मुम्बई । भारतको महाराष्टको कोल्हापुरमा प्रहरीले यौन अड्डाबाट मन्त्रीका पीए र ४ अधिकारीसहित ९ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कर्नाटक राज्य सरकारका क्याविनेट मन्त्रीका पीए किरण सिंह राजपुत समेत रहेका छन् ।
कोल्हापुर गाउँको इन्जोल गाउँको एक फर्म हाउसमा अश्लील गतिविधि भइरहेको समयमा छापा मारी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वेश्यावृत्तिमा संलग्न रहँदै आएकी एक महिला समेत रहेकी छन् । उनीहरु सबैलाई हिरासतमा राखिएको छ ।
प्रतिक्रिया