करिनाका पति सैफ र पूर्व ब्वायफ्रेड साहेद एउटै मञ्चमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
३१ श्रावण २०७२, आईतवार ०६:१८

shahid saif

भारत ।  बलिउड अभिनेता शाहिद कपूर र पूर्वप्रेमिका करीना कपुरका पति सैफ अली खान लामो समयपछि एउटै मञ्चमा देखा परेका छन् । झण्डै चार बर्षपछि उनीहरु फेरी एक पटक एउटै मञ्चमा देखा परेका छन् । बलिउडका निर्माता तथा निर्देशक करन जोहरले यी दुई तस्विर सार्वजनिक गरेपछि बलिउडमा हंगामा मच्चिएको छ ।
रियालिटी शो झलक दिखला जा मा आफ्नो फिल्म प्रचार गर्न सैफ पुगेका थिए भने साहेद उक्त कार्यक्रमका जज हुन् । साहेद र सैफले एउटै मञ्चमा कट्रिना कैफसँग सेल्फी तस्विर पनि लिएका छन् ।
उक्त तस्विर बलिउडमा भाइरल बनेको छ । करिनाले साहेदलाई छोडेर सैफसँग प्रेम विवाह गरेपछि उनी दुईबीचको सम्बन्धमा दरार आएको थियो । तर दुवै जनाले पुरानो कुरालाई छोडेर नयाँ अंकमाल गरेका छन् ।

shahid saif (1)

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख २७, २०८१