जुम्ला, ३१ साउन । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै आन्दोलनमा उत्रेका जुम्लाबासीले अर्काे शर्मनाक प्रर्दशन गरेका छन् । आन्दोलनकैबीचबाट २ सयभन्दा बढि नेपाली नागरिकता त्यागेका आन्दोलनकारीले शनिवार बालबालिकालाई नाङगो बनाएर प्रर्दशन गरेका छन् । ‘हाम्रो भविश्य अन्धार हुँदैछ, होसियार’ भन्ने प्लेकार्ड बोकाएर बालकालिकाको नाङगो प्रर्दशन गरिएको छ ।
करिव २ सय बालबालिकालाई नाङगो बनाएर प्रर्दशन गरेपछि बालअधिकारकर्मीहरुले आपत्ती समेत जनाएका छन् । जुम्लाको कामीटोल र कार्कीबाडाबाट निकालिएको नाङगो जुलुसका सहभागि बालबालिकाले कालो चश्मा लगाएका थिए । ‘सुदुरपश्चिम चाहिँदैन, कर्णाली बेच्न पाइदैँन’ भन्दै नाराजुलुसमा उत्रेका बालबालिकाहरुले आफ्नो भविश्य अन्धकार नबनाउन नेताहरुसँग माग गरेका छन् ।
सातदिन देखि चलेको आन्दोलनमा सहभागि हुँदै आएका बालबालिकाले आफ्नो यो पहिलो चरणको आन्दोलन भएको बताए । बालबालिकाका अगुवा आरविस कार्कीले भने ‘हामीलाई सुदरपश्चिममा गाभिएको छ हामी मान्दैनौ, हाम्रा माग पुरा नभए हार्मी अर्काे चरणको आन्दोलन गछौँ ।’
प्रतिक्रिया